रगत अभावले ज्यान जाने अबस्थामा रहेका मनराजलाई अधिकारीले बचाए

रमेश सुनार   ।   २०७७ पुष ९, बिहीबार १९:०५

 

कालिकाेट । जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नं. ७ निवासी बुवा मनराज परिवार र आमा पुल्का परिवारका वर्ष ४ का छोरा धनराज परिवारलाई पत्रकार खडानन्द अधिकारीले रक्तदान गरेका छन् । नेपाल पत्रकार महासंघ कालिकोट का सचिव एवं रेडियो चंखेलीका स्टेशन म्यानेजर खडानन्द अधिकारीले धनराज परिवालाई रगत आवश्यक पर्दा आज रक्तदान गरेका हुन । कुपोषणका कारण शरिरमा रगत अभाव भएपछी धनराज मृत्यु संग लडि राखेका थिए । पत्रकार खडानन्द अधिकारीले १ पइन्ट रगत दिएर धनराजको ज्यान बचाएका छन् ।धनराजका भगवान अधिकारीले भने शरिरमा भएकाे रगत अनावश्यक खेर जानुभन्दा अरुलाई रक्तदान गर्दा धेरैकाे ज्यान वच्न सक्ने भएकाले सबैले रक्तदान गर्नु पर्ने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होछारको शुभकामना

२०७७ पुष ९, बिहीबार १९:०५
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरूङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना दिनु भएको छ । ‘तमु समुदायको पर्व तमु ल्होछारका अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री ‌ओलीले भन्नु भएको छ […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.