नेकपा कालिकोटको अगुवा कार्यकर्ता भेला

रमेश सुनार   ।   २०७७ पुष १५, बुधबार १६:५३

खबरखोज सम्वाददाता/कालिकोट / सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपा कालिकोटको अगुवा कार्यकर्ता भेला बुधबार कालिकोटको सदरमुकाम मान्ममा सुरु भएको छ ।
नेकपा कालिकोटका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नगेन्द्र शाही नेशनलको अध्यक्षतामा तथा केन्द्रीय सदस्य राजेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा उदघाटन भएको भेलामा राष्ट्रियसभा सदस्य नरपति लुवार,केन्द्रीय आयोजक कमिटि सदस्य धिरबहादुर बम,,दक्षिणा शाही,पार्वती सिंह लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । जिल्ला कमिटि सचिवालय सदस्य तुलाराज मल्लले सञ्चालन गर्नुभएको भेलालाई सम्वोधन गर्दै नेकपाका जिल्ला अध्यक्ष शाहीले प्रचण्ड माधवले भारतसँग मिलेर कु गर्ने योजना वनाएपछि लोकतन्त्र बचाउन बाध्य भएर प्रधानमन्त्रीले संसद विगठन गर्नु परेको वताउनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रबहादुर थापाले केपि ओलि नेतृत्वको सरकारलाई घेराबन्दी गरेर प्रचण्ड माधवले देशलाई बवादी बनाउने सडेन्त्र गरेको आरोप लगाउनु भयो । यस्तै कार्यक्रमका विशेष अतिथि राष्ट्रियसभा सदस्य नरपति लुवारले माधव नेपालले सार्वजनिक ठाउमा जातिय विभेद गरेकाले कानूनि कार्वाही गर्नु पर्ने धारणा राख्नु भयो ।
यस्तै नेता धिरबहादुर बमले बर्तमान प्रदेश सरकार, स्थानीय सरकार केपि ओलि नेतृत्वको संघिय सरकारले उपलब्ध गराएको जनताको विकास बजेट माथि रजाइ गरेको वताउदै । स्थानीय र प्रदेश सरकार भ्राष्टाचार र कमिसनमा डुवेको समेत आरोप लगाउनु भयो ।
कार्यक्रममा महिला नेतृ दक्षीणा शाही र पार्वती सिंहले प्रचण्ड माधवले महिला दलितको अपमान गरिरहेको वताउनु भयो । साथै प्रदेशका मुख्य मन्त्री, स्थानीय तहका प्रमुखहरु आफ्नो जिम्मेवारी भुलेर भ्राष्टाचारको ढाकछोपका लागि सडकमा आएको समेत राख्नु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्डलाई धुँदाधुँदा साबुनका धेरै डल्ला खर्च भए : ओली

२०७७ पुष १५, बुधबार १६:५३
नेपाल कम्यूनिस्ट  पाटी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताए । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.