कोरोनाले उत्तर प्रदेशकी मन्त्रीको मृत्यु

खबरखोज संवाददाता   ।   २०७७ श्रावण १८, आईतवार १२:०९


एजेन्सी । कोरोनाभाइरसको संक्रमण भएकी भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानी वरूणको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षा मन्त्री रहेकी ६२ वर्षीया कमला रानीको आइतबार मृत्यु भएको हो । उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो । उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो ।

मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुस्ख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन् ।

कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जित हात पारेकी थिइन् । उक्त क्षेत्रमा चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन् । यसअघि कमला रानी भारतको लोकसभाकी पनि सांसद बनिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिलो पटक मन्दिरमा चढ्यो, दलितको फूलचामल

२०७७ श्रावण १८, आईतवार १२:०९
कालिकोट । परापुर्व कालदेखि देविदेवताको मन्दिरमा नचढेको दलित समुदायको फूलचामल र भेटी पहिलो पटक देविको मन्दिरमा चढेको छ । दलित समुदायहरु देविको मन्दिरमा गएमा देवि देवता रिसाएर बिचबाटोमै मर्ने, नराम्रो हुने,परिवारमा अछल हुने, पुरानो परम्परागत धार्मिक अन्धविश्वासलाई चिर्दै, कर्णालीकै चर्चित धार्मिक तथा पर्यटकिय तिर्थ स्थल चुलिमालिका माईको मन्दिरमा जिल्लाका दलित […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.