उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो, लामो दूरीका सार्वजनिक यातायात चल्ने

खबरखोज सम्वाददाता   ।   २०७८ असार ३१, बिहीबार २०:३२

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज बसेको बैठकले जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय गरेको छ । बैठकका अनुसार यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुका साथै गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

२०७८ असार ३१, बिहीबार २०:३२
खबरखोज सम्वाददाता/कालिकोट । नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउदै आज कालिकोटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमत्रीलाई ज्ञापन–पत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा कालिकोट जिल्ला स्थित इन्सेक,नेपाल बारएसोसीयसन,नेपाल पत्रकार महासंघ,मानवअधिकार रक्षक सञ्जाल,मानवअधिकार समूह नागरिक समाज लगाएतका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.