विप्लव नेकपाकाे जिल्ला कार्यालय मान्ममा

जनतालाई न्याय दिलाउन कार्यालय

प्रतिभा ऐडि   ।   २०७८ श्रावण १५, शुक्रबार १६:१०

कालिकाेट / नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति, कालिकोटले आफ्नो सम्पर्क कार्यालय उद्वघाटन गरिएको छ । जिल्ला सेक्रेटरी रणदिपकाे अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर भण्डारीकाे प्रमुख आतिथ्यतामा सञ्चालन भएको एक कार्यक्रमका बिच कार्यालयकाे उद्वघाटन गरिएको हाे ।

सरकारले लगाएको झुट्टा आराेप आराेपमा मात्र साबित भएपछि देशभर जेलमा हालिएका साथिहरुलाई रिहाइ हुनुले आफ्नो पार्टीले उठाएका एजेन्डा जनमुखी, सत्य भएकाे बताएको छ । एकीकृत जनक्रान्तिकाे बाटाेबाट नयाँ जनक्रान्ति सम्पन्न गर्ने आफ्नो पार्टीको उद्वेश्य भएकोले अब जनमत संग्रह गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य भण्डारीले बताउनुभयो ।

आफ्नो राजनीतिक एजेन्डा टेबुलमा छलफल नभएकाले ओपचारिक नहुने बताउनुभयो । बर्तमान अबश्थामा दलाल पुजीवादी ब्यबस्था भएकोले अरुले दिएको बिकल्प संसदीय ब्यबस्था हाेला, तर आफ्नो पार्टीको देशकाे राजनीतिक समस्या समाधानका लागि बिकल्प अगाडि सारिएको बताउनुभयाे ।

प्रगतिशिल शक्तिहरुकाे सरकार गठन गर्ने बताउदै अबकाे बिकल्प बैज्ञानिक समाजबादि ब्यबस्था हुनुपर्ने बताउनुभयो । न्याँय नपाएकाहरुलाई न्याँय दिलाउन, सरकार सँग भएका ३ बुदे सहमति स्थापित गर्ने, पार्टीका एजेन्डा स्थापित गराउने, राष्ट्रियता र जनजिबिकाका सवालहरु लियर आन्दोलन गर्ने, जनता सँग नजिक हुने, ३ बुदे कार्यन्वयन भएन भने यसै कार्यालयबाट बिद्रोह गर्ने पार्टी सेक्रेटरी मनिलाल ऐडि रणदिपले बताउनुभयाे । कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुकाे सहभागीता रहेकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

    कांग्रेस महाधिवेशन दुई वर्ष पछि सर्दै,वडा अधिवेशन अनिश्चित

२०७८ श्रावण १५, शुक्रबार १६:१०
काठमाडौं साउन १४ ।नेपाली कांग्रसको १४ औं महाधिवेशनको मिति कम्तिमा डेढ वर्षदेखि बढीमा दुई वर्षसम्म पछि धकेल्ने गृहकार्य नेपाली कांग्रेसभित्र भएको छ । प्रधानमन्त्री समेत बनेका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको सर्वसम्मत निर्णयद्वारा यो कदम चाल्ने गृहकार्य गरेका छन् । समाचार स्रोतका अनुसार सभापति देउवाले यो कामका लागि नेता प्रदीप गिरीलाई […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.