प्रतिभा ऐडि-काठमाण्डाै । कर्णाली प्रदेश कालिकाेट जिल्ला रास्कोट नगरपालिका -६ बडालामा जन्मिनु भएका दिनेश फर्साल पछिल्लो समयमा मुक्तकमा निकै नै रुचि राखेको र धेरै मुक्तकहरु पनि कोर्दै आउनु भएकाे छ ।
आफू १०कक्षा मा पढदै गर्दा आफुलाई मुक्त मा निकै नै रुचि रहेको उहाले बताउनु भयो । आफू दश कक्षा पढदै गर्दा बिहान बेलुका गरेर सधै दुई दुई मुक्त कोर्दै आएको बताउनु भएको छ ।
उहाले भने अनुसार आफू बिकाश को हिसाबले पछाडि परेको जिल्ला अथवा कर्णाली प्रदेशमा आफ्नो जन्म भएकाले पनि अध्यनको क्रममा कहिले कोठालो त कहिले खेत बारीमा काम गर्दा पनि मन मा अनेकौं शब्द हरु आइरहन्थे तेहि को माध्याम बाट पनि मैले कहिले गोठालोहुदा खेरी को क्षण लाई सम्झेर त कहिले खेतबारीमा हुदाको क्षण लाई सम्झेर मुक्त हरु कोर्दै आएको पनि दिनेश फर्साले बताउनु भएको छ ।
उहाँ हाल कानुन संकाय मा अध्यान गर्दै हुनुहुन्छ । हामिले उहाको एउटा मुक्त पनि राखेका छौ ।
#कुर्दा कुर्दै तिमी ~तिरै~ गई सकेछ जिन्दगी।
आदा वारि आदा पारि छोई सकेछ जिन्दगी!
तिम्रै बारे सोज्दा सोज्दै यो ठुक्ठुकिमा राक्दै,
संगै हिड्ने वाचा कसम खाई सकेछ जिन्दगी