कालिकोटमा प्रभावकारी बन्दै शुलभ परियोजना

प्रतिभा ऐडि   ।   २०७८ पुष १०, शनिबार १७:०४

कालिकाेट। जिल्लामा शुलभ परियोजना प्रभावकारी बन्दै गएको पाईएको छ । टिडिएच बिएम जेड जर्मनको आर्थिक सहयोग मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा संचालित शुलभ परियोजना अन्र्तगत शुभकालिका गाउँपालिका वडा नं ३ ,५ र ६ नं वडाका बिभिन्न योजना तथा गठित कृषि समुह,सहकारी हरुको उदाहरणीय कामले जनताको मन जित्न सफल हुनुका साथै जिविको पार्जनमा सुधार भएपछि परियोजना प्रभावकारी बन्दै गएको छ ।
शुभकालिका गाउँपालिकाका उपाध्यक्ष एव्म गाउँपालिका अनुगमन समितीका प्रमुख पम्फा कुमारी शाहीको नेतृत्वमा गएको अनुगमन समितीले परियोजनाले गरेका कृयाकला तथा योजनाहरु दिगोटिकाउ र पार्दशिक भएपछि सो निश्क्रस निकालेको हो ।
परियोजनाले आफ्नो वडामा कृषि सहकारी मार्फत वडा नं ५ को घुमथलामा सामुहीक ओखर खेति गरेको खापरदेव कृषि सहकारी संस्थाका सदस्य तथा ओखर खेतिका चौकिदार समेत रहेका बिर्ख बहादुर शाहीले बताए उनले भने ६ सय ६८ वटा ओखरका बिरुवा लगाएकोमा अहिले १७ बिरुवा मात्र नहुर्केको उनको भनाइ छ । कुल १ लाख ७९ हजार २ सय ६६ रुपैया ९१ पैषा मध्य सहकारीको १४ हजार ७ सय ८४ रुपौया ५६ पैषा रहेको र अरु बाँकि १ लाख ६४ हजार ४ सय ८२ रुपौया ३५ पैया शुलभ परियोजनाले लगानि गरेको उनले बताए ।
चौकिदार शाहीले सामुहिक ओखर खेतिले जिविको पार्जन,जलवायु परिर्वतन न्युनिकरण हुनुका साथै सहकारीको आर्थिक बृद्धिको लागिपनि महत्वपुर्ण योगदान पुराउने बताए ।
पयिोजनाले ओखर खेति मात्र नभइ अरु क्षेत्रमापनि काम गरेको शुलभ परियोजनाका संयोजक राजेश गौतमले बताए । उनका अनुसार शुभकालिका ६ मा ओखर खेति,तरकारी खेति कागति खेति ,बहु उपयोगि सतुवा खेति गर्नुका साथै,नर्सरी स्थापना ,वालक्लव युवा क्लव समुह ,सहकारी मार्फत जिविको पार्जन तथा वातावरण संरक्षणको क्षेत्रमा पनि काम गरेको उनले बताए ।
गौतमले परियोजना संचानको लागि स्थानिए सरकारको सकारात्मक साथ रहेको बताउदै २०२२ को लागिपनि स्थानिए बासि बाट सकारात्मक सुझावको अपेक्षा गरेको उनले बताए ।
अनुगमनका अनुगमन समितीका प्रमुख तथा शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीले कृषि तथा आयआर्जनको क्षेत्रमा परियोजनाले आफ्नो गाउँपालिकामा एउटा इट्टा थपेको भन्दै सहयोगि निकाए टिडि.एच.बिएम.जेट जर्मनलाइ धन्यवाद दिदै परियोजना ३ वटा वडामा मात्र संचालन गर्नु भन्दा पनि पालिकाका १ देखि ८ वटै वडाहरुमा संचालन गर्ने अुनुरोध समेत प्रमुख शारीले गरिन ।
उनले भनिन्न आफ्नो गाउपालिकामा शुलभ परियोजनाले जनताको जिवन स्थरमा सुधार ल्याउनुका साथै जिविको पार्जनमा महत्वपुर्ण भुमिका खेलेको बताउदै जलवायु न्युनिकरण,वातावरण संरक्षण ,जैविक विविधता संरक्षणमा पनि शुभल परियोजनाले विषेस योगदान पुराएकाले यो परियोजना संचालनका लागि आफ्नो गाउँपालिकाले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।
अनुगनमका क्रममा जैविक विविधता र वातारण संरक्षणका लागि बृहत सामुहिक अभियान अन्र्तगत वातावरण संरक्षण तथा जैविक विविधता संरक्षणका लागि गाउँपालिकाका ३ वटै वडाहरुमा सडक नाटक,एकल गायन,देउडा,वक्तृत्व कला लगाएतको माध्ययमबाट जचेतना फैलाइएको शुलभ परियोजनाका कार्यक्रम संयोजक गोपाल सिंह कार्कीले बताए ।
उनका अनुसार शुभकालिका गाउँपालिका ३ मा लेकवेशी कृषि सहकारी संस्था ,वडा नं. ५ मा खापरदेव कृषि सहकारी संस्था र वडा नं. ६ को हाउडीमा खोदाईदेव कृषि सहकारी संस्था गठन गर्नुका साथै कृषि सम्वन्धि विभिन्न उत्पादन मुलक कार्यक्रम संचालन गरेको उनको भनाई छ ।
कार्की भने परियोजना अन्र्तगत युवा क्लव,वाल क्लव,विद्यालय मार्फत पनी वातावरण संरक्षण र जैविक विविधता संरक्षणका लागि विभिन्न क्रियाकलाप भइरहेको कार्कीले बताए ।
पौष ६ गतेबाट पौष १० गते सम्म संचालन गरिएको अनुगमनमा शुभकालिका गाउँपालिका वडा नं. ५ वडा अध्यक्ष केशन बहादुर शाही,कार्यपालिका सदस्य मनशोभा शाही,भिमकौरा शाही,शिक्षा शाखा प्रमुख नमराज आचार्य,हुरेन्डेकका सदस्य खडानन्द अधिकारी, शुभकालिका गाउँपालिका वडा नं. ३ का वडा सदस्य टिकाराम धिताल, गाउँपालिका कृषि शाखा प्रतिनिधी चन्द्र प्रसाद अधिकारी,महिला शाखा प्रमुख अमृता अधिकारी,शुभल परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत सरोज पन्थी ,लेखा अधिकृत लक्ष्मी प्रसाद देवकोटा लगाएत पत्रकार तथा अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म भित्रको जिन्दगी

२०७८ पुष १०, शनिबार १७:०४
कालिकोट । एक तमासको छ मन। किनकि आज धेरै समयपछि सम्झिने समय मिलेको छ। जिन्दगी यसरी बितिरहेको छ कि फर्केर हेर्नका लागि कुनै अवसरको प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यो अवसरको सदुपयोग गर्दै आज जिन्दगीका पानाहरु पल्टाएर चिहाउने मौका मिलेको छ तर त्यहाँ नराम्रो अक्षरहरु देखेर मनमा छटपटी भएको भने होइन। […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.