प्रतिभा ऐडि /काठमाडौ । नेपालका लोकप्रिय कलकार जयनन्द लामाको निधन भएको छ । हरेक विद्यामा उत्कृष्ट अभिनय र लोक गायक समेत रहेका उनीको अल्पायुमै निधन भएको हो । लामा पछिल्ला समय हास्य टेलीशृखला हल्का रमाईलोमा समेत अभिनय गर्दै आएका थिए । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए ।
उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानी लगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।