समाज विकासमा युवाको भूमिक

खबरखाेज समाचारदाता   ।   २०७८ फाल्गुन १८, बुधबार ०६:१६

प्रतिभा ऐडि – काठमाण्डाै । “युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई यत्रतत्र सुनिन्छ र धेरै अगाडिदेखि सुनिँदै आएको पनि हो । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र ‘देशको गौरवको आधार’को उपाधि दिनुलाई सही नै मान्नु पर्दछ । युवाको विश्वव्यापी रूपमा मान्य हुने एउटै परिभाषा नभए तापनि सामान्यतया युवावय अवस्थालाई बाल्यकाल सकिएर वयस्क नहोउन्जेलको उमेरलाई युवाकाल भनेर बुझ्ने गरिन्छ । यस सम्बन्धमा विभिन्न देशले आ–आफ्नै व्याख्या गरेका छन् । बङलादेशमा १५–३० वर्ष उमेर समूहकालाई युवा भनिन्छ भने भारतमा १६–२९ वर्ष समूह र चीनमा १८ देखि ३५ वर्षबीचका लाई युवा मानिन्छ । नेपाल सरकारको युवा नीति २०७२ मा भने १६ देखि ४० वर्ष समूहकालाई युवा भनेर उल्लेख गरिएको छ । उक्त नीतिका आधारमा हेर्दा नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हिस्सा युवाले ओगटका छन् । नेपाल सरकारको युवा नीतिले युवालाई ‘राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहकहरु’ भनेर व्याख्या गरेको छ । चौतर्फी रुपमा भइरहेको युवासम्बन्धी वहसलाई ध्यानमा राखी यस लेखमार्फत् युवाले समाजको राजनैतिक, आर्थिक, सामाजिक र शैक्षिक विकास प्रक्रियामा कस्तो भूमिका खेल्न सक्छन् भन्नेबारे चर्चा गर्ने जमर्को गरिएको छ ।

समाजको विकास एक निरन्तर चलिरहने प्रक्रिया हो, जसले समाजको सामाजिक, आर्थिक, भौतिक र वातावरणीय अवस्थालाई सकारात्मक तरिकाले परिवर्तन गरिरहेको हुन्छ । सामान्यतया विकासलाई कुनै पनि समुदायको र त्यहाँका नागरिकहरुको जीवनमा आईपर्ने समस्याहरुलाई हल गर्दै नागरिकहरुको जीवनमा आउने सकारात्मक परिवर्तनका रुपमा व्याख्या गर्ने गरिन्छ । तर, परिवर्तन सहजै आउँदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिताको आवश्यकता पर्दछ । त्यसमध्ये पनि माथि उल्लेख गरिएझैँ सबैभन्दा उर्जाशील र परिवर्तनको चाह राख्ने युवावर्गको सहभागिता अत्यन्तै महत्वपूर्ण हुन्छ ।

लगभग तीन दशक यता विश्वव्यापि रुपमा नै ‘सहभागितामूलक विकास अवाधारणा’ स्विकार गरिनुका साथै यसको व्यापक अभ्यास भइरहेको छ । यसले मुलतः कुनै पनि विकास सम्बन्धित समुदाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चाैतारी नेपाल कालिकाेटकाे पाँचाै जिल्ला अधिवेशन सम्पन्न ३१ सदस्यिय कार्य समिति गठन

२०७८ फाल्गुन १८, बुधबार ०६:१६
१८ फागुन,कालिकाेट प्रेस चाैतारी नेपाल कालिकाेटकाे पाँचाै जिल्ला अधिवेशन सम्पन्न भएकाेछ । प्रेस चाैतारी नेपाल कालिकाेटका पूर्व अध्यक्ष भरतराज विष्टकाे अध्यक्षता नेकपा एमाले केन्द्रीय सदस्य एवम कालिकाेट जिल्ला पार्टी ईन्चार्ज नगेन्द्र शाही नेशनलकाे प्रमुख आतिथ्यता,प्रेस चाैतारी केन्द्रीय सदस्य कालिकाेट जिल्ला ईन्चार्ज कालिबहादुर मल्लकाे ,नेकपा एमाले कालिकाेट अध्यक्ष जसिप्रसाद पाण्डेकाे विशेष […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.