जिल्ला स्तरीय कृषि गणना सचेतना गाेष्ठी सम्पन्न गणना शुरूहुने दिन सहित

डिल्ली प्रसाद चाैलागाईं   ।   २०७८ चैत्र २१, सोमबार १४:२७

चैत्र,२१ कालिकाेट
कालिकाेट जिल्ला सदरमुकाम मान्म जिल्ला प्रशासन कार्यालय कालिकाेटकाे सभाहलमा कृषि गणना सम्बन्धी सचेतना गाेष्ठी सम्पन्न भएकाे छ ।
कार्यक्रममा राजनित दलका प्रमुख एवम प्रतिनिधि,कार्यालयका प्रमुख प्रतिनिधि पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे अध्यक्षता जिल्ला कृषि गणना संयाेजक प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गर्नु भएकाे थियाे ।

कालिकाेटका ९ वटा स्थानिय तहका ८२ वटा वडामा यही चैत्र २५ देखि बैसाख २ गते सम्म गणक र सुपरभाईजरलाई तालिम तथा बैसाख ६ देखि जेष्ठ १९ सम्म गणक र सुपरभाईजरले कृषि गणना गर्ने भएका छन ।
९ वटै स्थानिय तहमा ११६ वटा गणना क्षेत्र ताेकियकाे छ त्यसरी नै ताेकियकाे वडामा गयर गणना गर्नु पर्ने उल्लेख गरियकाे छ ।

कृषि गणना गर्दा सत्य तथ्य विवरण पेश गर्न ताेकियकाे गणना क्षेत्रमा आउने गणकलाई दिन कृषि गणना सहायक अधिकृत नर बहादुर सार्किले अनुराेध गर्दै गाेष्ठिकाे समापन भएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद् जाेखिम न्युनिकरण सम्वन्धि अन्तरक्रिया सम्पन्न बेमाैसमि वर्षाले क्षती पुर्यायकाे विवरण समयमै पेश गर्न प्र.जि.अकाे आग्रह

२०७८ चैत्र २१, सोमबार १४:२७
चैत्र,२२ कालिकाेट कालिकाेट जिल्ला सदरमुकाम मान्म जिल्ला समन्वय समिति कालिकाेटकाे सभाहलमा जिल्ला तथा स्थानिय तहमा विपद जाेखिम न्युनिकरण सम्बन्धि क्षमता अभिवृद्वि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा कालिकाेटका ९ वटै स्थानिय तहका राजनित दलका प्रमुख एवम प्रतिनिधि,कार्यालयका प्रमुख पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता जिल्ला विपद् एवम […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.