विपद् जाेखिम न्युनिकरण सम्वन्धि अन्तरक्रिया सम्पन्न बेमाैसमि वर्षाले क्षती पुर्यायकाे विवरण समयमै पेश गर्न प्र.जि.अकाे आग्रह

डिल्ली प्रसाद चाैलागाईं   ।   २०७८ चैत्र २२, मंगलवार १४:३०

चैत्र,२२ कालिकाेट
कालिकाेट जिल्ला सदरमुकाम मान्म जिल्ला समन्वय समिति कालिकाेटकाे सभाहलमा जिल्ला तथा स्थानिय तहमा विपद जाेखिम न्युनिकरण सम्बन्धि क्षमता अभिवृद्वि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा कालिकाेटका ९ वटै स्थानिय तहका राजनित दलका प्रमुख एवम प्रतिनिधि,कार्यालयका प्रमुख पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे अध्यक्षता जिल्ला विपद् एवम प्रकाेप व्वस्थापन समिति संयाेजक प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गर्नु भएकाे थियाे ।

कार्यक्रममा वाेल्दै प्रमुख जिल्ला अधिकारीले विपद् वाट हुने जुनसुकै घटनाहरू यतास्थितिमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरि समयमै अनुदान रकम लिन र गत असाेज, कार्तिक महिनामा आएकाे बेमाैसमी माैसमवाट धान,मकै जन्य वालिकाे पिडामा परेका किसानहरूकाे वास्तविक क्षतीकाे किटान गरि राहत पाउने किसानकाे विवरण रास्काेट नगरपालिका वाहेक कुनै पनि पालिकाले पेश नगरेकाे बताउनु भयाे ।

राहत जिल्ला स्थित विपद्काेषमा आईसकेकाे र समयमै विवरण पेश गरि वास्तविक क्षतीग्रस्त किसानलाई बालि जन्य क्षतिकाे राहत उपलब्ध गराउन नगर तथा पालिकालाई निर्देशन गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जलवायु परिवर्तन र व्यवस्थापन विषयक अन्तरक्रिया गाेष्ठी सम्पन्न

२०७८ चैत्र २२, मंगलवार १४:३०
चैत्र,२२ कालिकाेट कालिकाेट जिल्ला सदरमुकाम मान्म हाेटल काेटदरवार कालिकाेटकाे सभाहलमा स्थानिय तहमा विपद जाेखिम न्युनिकरण र जलाधार व्यवस्थापन एवम प्राथमिकिकरण सम्बन्धि क्षमता अभिवृद्वि तथा अन्तरक्रिया गाेष्ठी कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा कालिकाेटका ९ वटै स्थानिय तहका प्रमुख पालिका अध्यक्ष ,उपाध्यक्ष एवम प्रतिनिधिहरूकाे प्रतिनिधित्व र कार्यालयका प्रमुख पत्रकारहरूकाे उपस्थिति रहेकाे […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.