चैत्र,२२ कालिकाेट
कालिकाेट जिल्ला सदरमुकाम मान्म हाेटल काेटदरवार कालिकाेटकाे सभाहलमा स्थानिय तहमा विपद जाेखिम न्युनिकरण र जलाधार व्यवस्थापन एवम प्राथमिकिकरण सम्बन्धि क्षमता अभिवृद्वि तथा अन्तरक्रिया गाेष्ठी कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा कालिकाेटका ९ वटै स्थानिय तहका प्रमुख पालिका अध्यक्ष ,उपाध्यक्ष एवम प्रतिनिधिहरूकाे प्रतिनिधित्व र कार्यालयका प्रमुख पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा कालिकाेट जिल्लाका समग्र जलवायु परिवर्तन पाढी,पहिराे,माैसमी तथा बेमाैसमी वर्षाका कारण उत्पन्न प्रकाेपजन्य नियन्त्रणत्रणमा स्थानिय सरकारकाे भुमिका र जलाधार व्वस्थापन कार्यक्रमले हाल सम्म विपद् न्युनिकरणका कार्यक्रमकाे समीक्षा र आगामि दिनमा हुन सक्ने नियन्त्रणका विषयमा अन्तरक्रिया भयकाे हाे ।
कार्यक्रमकाे आयाेजना भु-तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले गरेकाे थियाे भने समन्वय जिल्ला समन्वय समिति कालिकाेटले गरेकाे थियाे ।
कार्यक्रममा प्रकाेप र प्रकाेपजन्य क्रियाकलाप र यस्का समाधान र भावि दिनमा आउने सम्या समाधानका विषयमा जलाधार व्यवस्थापन कार्यालय जुम्लावाट राेकधामका उपायहरू निरन्तर भईरहेकाे उल्लेख गरियकाे छ ।
कार्यक्रमकाे अध्यक्षता जिल्ला समन्य समितिका सदस्य अलिबहादुर कार्कीकाे र नगर प्रमुख जसी प्रसाद पाण्डेकाे प्रमुख आतिथ्यता ,प्रमुख जिल्ला अधिकारी रामहरी शर्माकाे विशेष आतित्थयतामा भएकाे हाे ।