२ बैशाख, कालीकोट । रङ्गिमन बोलको गितबाट चर्चा कमाउन सफल गायक तथा रचनाकार धर्मराज ताम्राकारको खाडाँचक्र बोलको भिडियो शुक्रबार सार्वजनिक भएको छ। कर्णाली कालीकोटको खाडाँचक्र नगरपालिकामा जन्मिएका गायक ताम्राकार लामो समय देखि गित संगितको क्षेत्रमा काम गर्दै आएका छन्।
शुक्रबार आमा डटकम यूटुव च्यानल बाट बजारमा सार्वजनिक भएको उक्त भिडियोमा भर्मराज ताम्राकार र रेखा जोसीले आवाज दिएका छन्। भिडियोको निर्देशन र छायाँकन सिके नेपाल मिडिया प्रालीका अध्यक्ष खगेन्द्र न्यौपानेले गरेका छन् भने भिडियोको सम्पादन सरला रोकाया (न्यौपाने) ले गरेकी छन्। अभिनय माडेल ललित बिश्वकर्मा, स्वागत शाही, इब्शल सज्याल, तारा बिश्वकर्मा र तुल्सी बिश्वकर्माको रहेको छ।
भिडियोको दृश्यमा खाडाँचक्र नगरपालिकाका सबै वडालाई समेट्ने प्रयाश गरिएको छ। स्थानीय भाषा शैलीमा आधारित उक्त भिडियोमा कालीकोटको कोटदरबार लुवारेकोट र सुनथराली विमानस्थल पञ्च देवल लगायतका क्षेत्रलाई समेटिएको छ।
हेर्नूहोस भिडियो :