राष्ट्रवादी नेता ओलीनै हुन् : नेता सिंह

केपी ओलीका राष्ट्रवादी कामले देशको शिर उच्च बनाएको सिंहको दावी

मानबहादुर बिश्वकर्मा   ।   २०७९ बैशाख ८, बिहीबार १३:२८

८ बैशाख, कालीकोट । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रेमबहादुर सिंहले राष्ट्रवादी नेता केपी ओलीनै रहेको दावी गरेका छन्।प्रेस चौतारी नेपाल कालीकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले केपी ओलीले गरेका राष्ट्रवादी कामले देशको शिरनै उच्चो बनाएको तथ्य वाहिर आएपछी राष्ट्रवादी नेता ओलीनै रहेको बताएका हुन्।

प्रेस चौतारी नेपाल कालीकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाको सभा अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नगेन्द्र शाही नेशनलको प्रमुख आतिथ्यता, पुर्वमन्त्री प्रेमबहादुर सिंहको विषेश आतिथ्यता, केन्द्रिय सदस्य दक्षिणा शाही र इन्दिरा संज्यालको विषेश आतिथ्यतामा भएको कार्यक्रममा एमाले नेताहरुको सहभागिता रहेको थियो।

अव कालीकोट एमाले मय भइसकेको नेता सिंहले बताएका थिए।, नेता सिंहले एमालेका लालकिल्ला बनाउने आफ्नो योगदान केही समय पार्टी बाहिर रहेपनी फेरी पुरानै पार्टीमा फर्किएको छु। आषा छ फेरीपनी कालिकोट एमाले मय भइसकेको छ। साथै पत्रकार भेटघाट कार्यक्रममा एमाले कालीकोटले भखैरै सम्पन्न नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव हंसबहादुर शाही र नेपाल बुद्धीजिवी संगठनका केन्द्रिय सदस्य तुलाराम पाण्डेलाई स्वागत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँपालिका उपाध्यक्षमा शुसिला गिरिको माग

२०७९ बैशाख ८, बिहीबार १३:२८
खबरखोज समाचारदाता/ कालिकोट । सापन्नित्रिवेणी गाउँपालिका उपाध्यक्षमा नेपाली काग्रेसकी युवा नेतृ शुसिला गिरिको माग वढेको छ । स्थानीय काग्रेस कार्यकर्ताहरुले गाउँपालिका उपाध्यक्षमा लोकप्रिय जनताको मन मुटुमा वस्न सफल नेतृ शुसिलाले टिकट नपाए पार्टिले हार्ने बताएका छन् । पार्टीलाई प्रत्येक वडामा जिताउन गिरिको उम्मेदावारी अनिवारे रहेको स्थानीय युवा सिबराज बमले वताए […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.