काठमाडौंमा कष्टकर यात्रा (फोटो फिचर)

खबरखोज संवाददाता   ।   २०७९ जेष्ठ १४, शनिबार ११:०३

१४ जेठ, काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको यात्रा दिनप्रतिदिन कष्टकर बनिरहेको छ। बढ्दो जनघनत्वका कारण न त सडक पेटीको (पैदल) यात्रा सुरक्षित छ, न त सार्वजनिक यातायातको यात्रा नै।

सार्वजनिक सवारीसाधनमा यात्रुले आरामले बस चढ्न र गन्तव्यमा पुग्नसक्ने अवस्था छैन। पर्याप्त गाडी नहुँदा यात्रु कोचिएर र झुण्डिएर यात्रा गर्न बाध्य छन्। उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा समयमै गन्तव्यमा पुग्न सकिँदैन।

यात्रु कोचेर सार्वजनिक बस चलाएबापत सार्वजनिक यातायातले दण्डित हुनु पर्दैन। यात्रुहरू असहज यात्रा गर्न बाध्य त छँदैछन्, यातायातका कर्मचारीकाे दुर्व्यवहार भोग्नसमेत बाध्य छन्।

भौतिक सामग्री हराउने मात्र होइन सार्वजनिक यातायातमा ज्यानकै जोखिम रहेको छ। उपत्यकाका सवारीसाधन यात्रुमैत्री नभएको विषयमा सम्बन्धित निकाय बेखबर छन्।

शनिवार र आइतवार सार्वजनिक बिदा भएकाले पनि अन्य दिन सडकमा घुइँचो बढ्छ र यात्रुको सास्ती पनि बढ्छ। थाहाखबर बा

तस्विरमा हेर्नुहोस् काठमाडौं बासिको सास्ती–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाेखराबाट जाेमसाेमका लागि उडेकाे बिमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

२०७९ जेष्ठ १४, शनिबार ११:०३
काठमाडौं/ पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेको पहाडमा दुर्घटना भएको छ। उक्त विमानमा दुर्घटनामा परी चालक दलका सदस्य ३ जना र अरु १९ जना यात्रु गरेर २२ जनाको ज्यान गएको छ। सवार जहाजमा ६जना विदेशी र १६ जना नेपाली रहेका छन् । १९ जना यात्रु र ३ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.