कालिकोट/खाँडाचक्र नगरपालिकामा ६ हजार १५ वटा कुखुराका चल्ला वितरण गरिएको छ । एकल महिला दलित फरक क्षमता दन्द पिडितहरुको तथ्यांक संकलन गरेर खाँडाचक्र नगरपालिकाको वडा नम्बर १देखि ११ वडामा कुखुराका चल्ला बिवतरण गरिएको खाँडाचक्र नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।
कुखुरा संगै औषधि, दाना, ढुवानि भाडा छाडेर एक जना प्रति ३ वटा कुखुरा वितरण गरेको गिरिले बताए । लाखौ रकममा खरिद गरी वितरण गरिएका कुखुराबाट लाभ दिन सेवाग्राहीलाई अनुरोध समेत गरिएको छ ।