भारतमा एकैदिन ४५ हजारभन्दा बढी संक्रमित, एक हजार बढीको मृत्यु

  ।   २०७७ श्रावण ८, बिहीबार १०:२०

विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ। 

बुधबारमात्रै थप २ लाख ७८ हजार ९ सय २ जना नयाँ संक्रमित थपिएका छन् भने ७ हजार १ सय १७ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा थपिएका छन् त्यसपछि ब्राजिलमा धेरै संक्रमित थपिएका छन्।

अमेरिकामा चौबिस घण्टामा ७१ हजार ५ सय १ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २ सय १३ जनाको मृत्यु भएको छ।

योसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार १ सय ४२ पुगेको छ भने ४१ लाख ७० जना संक्रमित छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कोरोना भाइरस समाप्त हुनुअघि झन् भयावह हुनसक्ने बताएका थिए।

ब्राजिलमा एकदिनमा कोरोनाका कारण १ हजार २ सय ९३ जनाको ज्यान गएको छ भने ६५ हजार ३ सय ३९ जनाक नयाँ संक्रमित भेटिएका छन्।

ब्राजिलमा बिहीबार बिहानसम्म भाइरसका कारण  ८२ हजार ८ सय ९० जनाको मृत्यु भइकेको छ भने २२ लाख ३१ हजार ८ सय ७१ जनामा संक्रमण रहेको पाइएको छ।

कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो  नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा १ हजार १ सय २० जनाको मृत्यु भएको छ भने ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९हजार ८ सय ९०  पुगेको छ भने  १२ लाख ३९ हजार ६ सय ८४ जनामा संक्रमण देखिएको छ।

भारतमा रहेका संक्रमितमध्ये ७ लाख ८४ हजार २ सय ६६ जना जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब रहेको छ।
भारतपछि कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्यु मेक्सिकोमा भएको छ।

बितेका चौबिस घण्टामा मेक्सिकोमा कोरोनाका कारण ९ सय १५ जनाको ज्यान गएको छ भने ६ हजार ८ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा हालसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार ४ सय पुगेको छ भने ३ लाख ५६ हजजार २ सय ५छ जना संक्रमित छन्।

दक्षिण अफ्रिकामा एकदिनमा ५ सय ७२ जनाको ज्यान गएको छ भने १३ हजार १ सय ५० जना संक्रमित थपिएका छन्। दक्षिण अफ्रिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ४० पुगेको छ भने संक्रमितको संख्या ३ लाख ९४ हजार ९ सय ४८ रहेको छ।

त्यस्तै इरानमा एकदिनमा २ सय १९ जनामो भाइरसका कारण मृत्यु भएको छ भने २ हजार ५ सय ८६ नयाँ संक्रमित थपिएका छन्।

इरानमा हालसम्म भाइरसबाट १४ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ भने २ लाख ८१ हजार ४ सयढ १३ जना संक्रमित छन्।

रुसमा एकदिनमा १ सय ६५ जनामो ज्यान गएको छ भने ५ हजार ८ सय ६२ जना नयाँ संक्रमित थपिएका छन्। रुसमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १२ हजार ७ सय ४५ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ८९ हजार १ सय ९० जान छ।

कोरोना भाइरसका कारण विश्वभर ६लाख २९ हजार २ सय ९८ जनाको मृत्यु भएको छ भने १ करोड ५३ लाख ६४ हजार १ सय २० जना संक्रमित छन्। संक्रमितमध्ये ९३ लाख ४३ हजार ७ सय १५ जना निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'कर्णाली स्याहार्न' जुटेका डाक्टर नवराज

२०७७ श्रावण ८, बिहीबार १०:२०
मंगलगढी चोकबाट पश्चिम (करिब २.४१ किमि) पुगेपछि सडकको बायाँपट्टि बगैंचाले घेरिएको सुन्दर घर भेटिन्छ। जहाँ चराचुरुगीले निःसंकोच आफ्ना गुड लगाउँछन्। बच्चा हुर्काउँछन् र त्यहीं कुनै एक रूखमा फेरि बसाउँछन्। बगैंचाको त्यो दृश्यझै घरमा पनि त्यहाँ धेरै युवायुवतीले आफ्नो भविष्यका रेखा कोरेका छन्। शिक्षाका लागि गाउँदेखि सहर छिरेका उनीहरूले त्यही घरमा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.