सादा नेपालले ग-यो तिन वटा स्वास्थ्य चौकिको सामाजिक परिक्षण

भगवती शाही   ।   २०७९ असार २२, बुधबार १४:०४

खबरखोज समाचादाता /कालिकोट–जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चौकिहरुको आम भेला मार्फत समाजिक परिक्षण गरिएको छ ।
सान्नित्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाको सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा – नेपालको सहजिकरणमा गाउँपालिका भित्र रहेका रकु,मेहलमुडी र मुम्रा स्वास्थ्य चौकीको मंगलबार आम भेला मार्फत सामाजिक परिक्षण गरिएको हो ।
सामाजिक परिक्षण कार्यक्रममा स्वास्थ्य चौकीबाट दिइने सेवा प्रवाहको अवस्था,स्वास्थ्य चौकिबाट कुन कुन प्रकारका स्वास्थ्य सेवा प्रदान गरिएको छ,स्वास्थ्य सेवाबाट नागरिकहरु सन्तुष्टि भए नभएको वारेमा जानकारी गराउदै स्वास्थ्य सस्थामा आएका समस्या तथा चुनौतिका वारेमा परिक्षण गरिएको सादा नेपालका सामाजिक परिचालक निलम गिरिले जानकारी गराउनु भयो ।
शान्नि त्रिबेणी गाउँपालिका वडानं–२ का वडा अध्यक्ष बसन्त बुढाको अध्यक्षतामा र पालिका स्वास्थ्य शाखा इन्चार्ज मिनबहादु विष्टको प्रमुख आतिथ्यता,सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीको विशेष आतिथ्यतामा र स्थानिय सरोकारवालाहरुको उपस्थितीमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भयको छ । स्वास्थ्य चौकी रकुमा टोल टोलबाट विरामिलाई स्वास्थ्य चौकिको पहुचमा लैजान स्टेचरको अभाव,तौलका लागि राखिको मेसिनको समस्या भयको आम भेलामा सहभागिहरुले गुनासो गरेका छन । सहभागिहरुको सुझाबलाई मध्यनजर गर्दै वडा नं २ मा रहेको स्वास्थ्य चौकिमा आयको समस्यालाई समाधान गर्न वडा सरकार तयार रहेको वडा अध्यक्ष बसन्त बुढाले बताउनु भयो ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख मिन बहादुर विष्टले स्वास्थय शाखामा बजेटको समस्या भयकाले पालिकामा रहेका स्वास्थय चौकिमा केही समस्याहरु आयकाले समस्या समाधानका लागि आफुले पहल गरिरहेको बताय । सामाजिक परिक्षण कार्यक्रममा सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले पालिकामा रहेका स्वास्थ्य चौकिको कार्यालय व्यवस्थापनका लागि र आबस्यक स्वास्थ्य सामाग्री खरिदका गाउँपालीकाले पनि ध्यान दिनुपर्ने भन्दै रकु स्वास्थ्य चौकिमा विरामि बोक्नका लागि स्टेचरको अभाब भयकाले आफुले व्यक्तिगतरुपमा सहयोग गर्ने बताउनु भयो ।
यस्तै सोमबार वडा नं ५ का वडा अध्यक्ष रामराज बमको अध्यक्षतामा स्वास्थ्य चौकि मेहलमुडिमा संचालन गरिको सामाजिक परिक्षण कार्यक्रममा सहभागिहरुले खानेपानि र स्टेचरको समस्या देखायका छन । स्वास्थय चौकिबाट पाउने अन्य सेवाहरु प्रभावकारी भयको सहभागिहरुले बताय । स्वास्थ्य चौकिको सामाजिक पक्षिणका लागि भयको आम भेलामा वडा अध्यक्ष रामराज बमले स्वास्थ्य चौकिबाट प्रदान गरिने स्वास्थय सेवालाई व्यवस्थित र प्रभाबकारी बनाउन यो आ।बमा रु १ लाख रुपैया बिनियोजन गरेको सादा नेपालका फिल्ड सुपरभाईजर केबल बहादुर बमले बताउनु भयो ।
यस्तै स्वास्थ्य व्यवस्थापन समितिका सदस्य नन्दाराम बुढाको अध्यक्षतामा स्वास्थय चौकि मुम्राको आम भेला बाट सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भयको छ । उक्त कार्यक्रममा सहभागिहरुले स्वास्थय चौकिबाट प्रदान गरिने स्वास्थ्य सेवा प्रबाहमा कुनै समस्या नभयको बताईयको छ । सो कार्यक्रममा स्थानिय अभिभावक,महिला,स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाहरुको उपस्थिती रहेको त्यहाँबाट सादा नेपालका सामाजिक परिचालक मंगला उपाध्यायले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा सरकारद्धारा २१ जना बालवालिकालाई शैक्षिक सामाग्री बितरण 

२०७९ असार २२, बुधबार १४:०४
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालीका वडा नं ३ का विपन्न परिवारका २१ जना बालवालिकालाई वडा सरकार द्धारा शैक्षिक सामाग्री बितरण गरियको छ । वडा सरकारको आर्थिक सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको सहजिकरणमा जोखिममा रहेका बालवालिकालाई वडा नं ३ का वडा अध्यक्ष कटक बहादुर बुढाले शैक्षिक सामाग्री हस्तान्तरण […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.