वडा सरकारद्धारा २१ जना बालवालिकालाई शैक्षिक सामाग्री बितरण 

भगवती शाही   ।   २०७९ असार २५, शनिबार १६:५१

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालीका वडा नं ३ का विपन्न परिवारका २१ जना बालवालिकालाई वडा सरकार द्धारा शैक्षिक सामाग्री बितरण गरियको छ । वडा सरकारको आर्थिक सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको सहजिकरणमा जोखिममा रहेका बालवालिकालाई वडा नं ३ का वडा अध्यक्ष कटक बहादुर बुढाले शैक्षिक सामाग्री हस्तान्तरण गरियको छ ।
बालवलालिकाको क्षेत्रमा काम गर्ने संस्था सादा नेपाल द्धारा पहिचान गरियका जोखिम बालवालिकालाई एक कार्यक्रमका बिच बिद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई स्कुल झोला,डे«स र स्टेशनरी सामाग्री वडा अध्यक्ष द्धारा बितरण गरियको सादा नेपालका सामाजिक परिचालक जगदिस भण्डाराले बताउनु भयो ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष बुढाले वडामा आर्थिक अभावका कारण स्कुलमा जाने बालवालिका लाई स्कुल झोला,ड्रेस र स्टेशनरी सामाग्रीको समस्या हुन नदिन विपन्न बालवालिकालाई वडा सरकारको सहयोगमा शैक्षिक सामाग्री बितरण गरेको बुढाले बताउनु भयो । आजका बालवालिकालाई हामिले कोपिलाको रुपमा संरक्षण गर्नु हरेक जिम्मेवार नागरिकको दायीत्व भयकाले वडा पालिकामा रहेक अरु बालवालिकालाई पनि विभिन्न सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपाबाट बाबुरामलाई हटाएर, अशोक राई संघीय परिषद् अध्यक्ष

२०७९ असार २५, शनिबार १६:५१
वीरगञ्ज । जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ । जसपाको वीरगञ्जमा बसेको बैठकले  संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.