मानव अधिकारका आधारभूत अवधारणा सम्वन्धि तालिम सम्पन्न

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण ५, बिहीबार २०:०२

खबरखाेज समाचारदाता/कालिकोट। मानव अधिकारका आधारभूत अवधाणा सम्वन्धि दुइदिने तालिम मंगलबार नरहरिनाथ गाउँपालिकामा सम्पन्न भएको छ ।
मानव अधिकारमा आधारित दृष्टिकोण,कानूनी साशन,प्रभावकारी नीति,मानव अधिकारको अवधारण,दलित महिला अधिकारका विषयमा नागरिक कार्य समुहका पदाधिकारीहरुको क्षमता विकास गर्ने उद्देश्यकासाथ तालिमको आयोजना गरिएको हो  ।


युरोपीयन युनियनको  आर्थिक सहयोग,प्लान इन्टरनेष्नल नेपाल तथा दलित महिला संघ, फेडो नेपालद्धारा सञ्चालित हाम्रो आवाज,हाम्रो रोजाइ परियोजना अन्तरगत तालिमको आयोजना गरिएको परियोजनाका अनुगमन तथा मूल्याङ्कन अफिसर रामबहादुर विकले खबरखोजलाई जानकारी गराउनु भयो ।
बरिष्ठ पत्रकार एवम मानव अधिकारकर्मी कालीबहादुर मल्लले सहजिकरण गर्नु भएको तालिममा नरहरिनाथ गापा अन्तरगत २,६,८ र ९ वडाका १५ जना र पत्रकार गरि १८ जनाको सहभागिता रहेको थियो । तालिमको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहले नागरिक कार्य समुहका पदाधिकारीहरुले नागरिकका अधिकारको वारेमा वकलत पैरवी गर्न अनुरोध गर्नु भयो । साथै उहाले मानव अधिकार प्रवद्र्धन गर्ने सवालमा आफू र गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
दुइदिने तालिममाख सस्थागत परिचय, मानव अधिकारको अवधारणा र विकास,मानवअधिकारका सवाल पहिचान,सैद्धान्तीक पक्ष,महिला दलितका अधिकार,मानवअधिकारका सूचक,नागरकि राजनीति,आर्थिक,सामाजिक र सस्कृतिक अधिकारका वारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागि नागरिक कार्य समहका पदाधिकारीहरुले समाजमा अहिले पनि दलित तथा महिलामा माथी हुने भेदभाव कायमै रहेको हुनाले यसको अन्त्यका लागि नागरिकको चेतनास्तर उकास्न तालिमले सहयोग पुग्ने वताउनु भएको थियो ।

Open photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिक कार्य समुहको जिल्ला स्तरीय बैठक सम्पन्न

२०७९ श्रावण ५, बिहीबार २०:०२
७ साउन, कालीकोट । दलित महिला संघ फेडोद्वारा सञ्चालित हाम्रो आवाज, हाम्रो परियोजना अन्तर्गत जिल्ला स्तरीय नागरिक कार्य समुह सिटिजन एक्सन ग्रुप (क्याग) को दोस्रो बैठक शनिबार सम्पन्न भएको छ । युराेपियन युनियन काे आर्थिक सहयाेग, प्लान ईन्टरनेश्ननल नेपाल तथा दलित महिला सघ (फेडाे ) नेपाल द्वारा सचालित हाम्रो आवाज […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.