डा. शाहीले बादी समुदायका बालबालिकाका स्वास्थ्य क्षेत्रमा मात्र नभएर उनीहरूकाे शिक्षामा पनि सहयाेग पुगाउन एक बालिकाको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता जन्मदिनकाे अवसरमा घाेषणा गरेकाछन् ।
बालिका स्वास्थयकाे क्षेत्रमा मात्र नभइ समग्रतामा शिक्षाकाे महत्वपूर्ण भूमिका रहने भएकाले विपन्न समुदाय लाइ स्वास्थय सँगै शिक्षामा पनि जाेड दिंदा उपयुक्त हाेला भन्ने बिचार हाे डा. शाहीलेभने ।
साविक कर्णाली अञ्चलकाे बिकट जिल्ला कालिकाेटमा जन्मिएका डा. शाही हेल्थ अशिष्टेन्टबाट स्वास्थ्य सेवा मा प्रवेश गरेका हुन्। सेवाकालिन अवस्थामा नै उनले एमबिबिएस सकाएपछि दुर्गम जिल्ला कालिकोट, रुकुम, ताप्लेजुङ: संखुवासोवामा ४ वर्ष काम गरिसकेपछि स्त्रीराेग बिशेषज्ञकारूपमा कर्णाली प्रदेश अस्पताल माकार्यरत छन् ।
डाक्टर फर नेपाल, बेलायतको परोपकारी संस्थाले स्थापना गरेको गैर नाफामुलक संस्था हाे । डाक्टर्स फर नेपाल उनी नेपाल संयोजक हुन् । डा. ललितकाे पहलमा डाक्टर फर नेपालले १२ जना डाक्टर र १५ जना नर्सलाई छात्रवृत्ति दिएर पढाएकाे छ। उनीहरू अहिले दुर्गम का बिभिन्न जिल्लामा काम गरिरहेकाछन् ।
उनी विगतलाइ सम्झदै भन्छन्- ‘दुर्गमका कैयाै महिलाहरू अशिक्षा र गरीबीका कारण महिला स्वास्थ्य सम्बन्धी जानकारी र उपचार अभावका कारण सामान्य अवस्थामा नै मृत्युवरण गर्नु पर्ने बाध्यता अहिले पनि छँदैछ । यस्ताे समस्याबाट कसैले पनि ज्यान गुमाउनु नपराेस भन्ने दृढ संकल्पका साथ मैले स्त्रीराेग चिकित्सक बन्ने निधाे गरें । फलस्वरूपआज मतपाइहरू सामु छु ।’
विभिन्न समयमा चिकित्सकिय सेवा बाहेक अन्य सामाजिक सेवामा पनि त्यतिकै नै खटेर लाग्दै आएका छन् । पछिल्लाे समयमा उनी सुर्खेत नजिकै सहरबाहिर करिब तीनदेखि चार घण्टा स्वास्थ्य शिविरमा भाग लिनेगरेका छन् ।
स्वास्थ्य शिविरहरू गरिब समुदाय र व्यक्तिहरूलाई स्वास्थ्य सेवामा पहुँच गर्न मद्दत गर्ने तरिकाको रूपमा आयोजना गरिन्छ ।त्यस्ता शिविरहरूलेमानिसहरूलाई उनीहरूलाई आवश्यक पर्ने चिकित्सा हेरचाह र सल्लाह खोज्न प्रोत्साहित गर्न सकिन्छ भन्ने डा. शाहीकाे विश्वास व्यक्त गर्दछन् ।
साविक कर्णाली अञ्चलकाे बिकट जिल्ला कालिकाेटमा जन्मिएका डा. शाही हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्त्रीरोग विषेशज्ञ डा. शाहीले बादी सरोकार मञ्च नेपाल अन्तर्गत संरक्षित बादी समुदायका बालबालिकालाई स्वास्थ्य उपचार समेत निशुल्क गर्ने गरेकाछन् ।
यसैबीच डा. शाहीकाे याे कार्यका लागि बादी समुदायका अगुवाहरूले खुशी व्यक्त गरेकाछन् । डा. शाहीकाे प्रतिवद्धताकाे सह्राना गर्दै समुदायका अगुवा हिक्मत वादी सामाजिक संजालमा लेख्छन्,-