कर्णालीमा एमालेले बनायो ३५ सदस्यीय सचिवालय, विभिन्न विभागको जिम्मेवारी बाँडफाँट (सूचीसहित)

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण १४, शनिबार १३:४९

कर्णालीमा नेकपा एमालेले प्रदेश कमिटी र विभिन्न विभागलाई पूर्णता दिएको छ । गत साउन ७ र ८ गते बसेको प्रदेश कमिटीको बैठकले ३५ सदस्यीय प्रदेश सचिवालय, जनसंगठन, जनसंगठन समन्वय संयन्त्र र अन्य विभागलाई पूर्णता दिएको हो ।

पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले पार्टी स्कुल विभागको प्रमुखमा प्रदेश अध्यक्षसमेत रहेका विनोद कुमार शाह र उपप्रमुखमा ताराकेशर गौतमलाई जिम्मेवारी दिएको छ । यस्तै निर्वाचन विभाग प्रमुखमा कर्णबहादुर शाही, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा सूर्यमणी गौतम, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा टेकराज पछाई, स्थानीय विभागको प्रमुखमा लालबहादुर रावत र सहकारी विभागको प्रमुखमा हरिहरनाथ योगलाई जिम्मेवारी दिइएको छ ।

जनसंगठनहरूमा अखिल नेपाल किसान महासंघको इन्चार्जमा सूर्यबहादुर शाही, सह–इन्चार्जमा नवेन्द्र नेपाली, अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघको इन्चार्जमा खड्क प्रसाद भट्टराई, पेशागत महासंघको इन्चार्जमा शिव सापकोटा, नेपाल उद्योग तथा व्यवसायी महासंघको इन्चार्जमा खड्क खत्री, अनेरास्ववियुको इन्चार्जमा रुद्र शाही, प्रेस चौतारी नेपालको इन्चार्ज सूर्यमणी गौतमलाई जिम्मेवारी दिएको छ ।

यस्तो छ प्रदेश कमिटीको सूची:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिलागुफाका आमाहरुलाई पाैष्टिक आहार वितरण

२०७९ श्रावण १४, शनिबार १३:४९
गाल्जे-कालिकाेट । तिलागुफा नगरपालिकामा रहेका सुनाैलाे हजार दिनका आमाहरूलाई पाैष्टिक आहार बितरण गरिएकाे छ । तिलागुफा नगरपालिका का ११ वटा वडका  १ हजार १५ जना आमालाई पाैष्टिक अहार बितरण गर्न लागियकाे हाे । शनिबार वडा नम्बर ६ का १ सय २० जनालाई बितरण गरिएकाे र भाेलि ९,१० र ११ लाई […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.