चुनावी बाचा पूरा गर्ने अभियानमा तिलागुफा सरकार

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण १७, मंगलवार १७:३४

खबरखाेज/कालिकाेट । चुनावकाे समयमा जनतासामु राखेका बाचा र प्रतिवद्वता पूरा गर्ने अभियानमा तिलागुफा सरकार लागेकाे छ । जस अन्तरगत तिलागुफा नगरपालिका भित्रका ११ वटै वडा हरुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन पुराउने योजना अनुरुप अभियानकाे सुरुवात भएकाे हाे । साउन २२ गते सम्म वडा नम्वर ३ फोइमहादेव र वाडानं  ४ काे  राँचुलिमा राष्ट्रिय प्रसारण लाईन जोडि अन्धकार हटाउन लागिएकाे तिलागुफा नगर उपप्रमुख  महेन्द्रबहादुर शाही प्रबिधिक टेालिकासाथ मंगलबार फाेइमहादेव पुग्नु भयको छ । उहाले यसपछि  जुबिथा, खल्ला र छाप्रेमा लाईन तान्ने काम सुरु गरिने बताउनु भएकाे छ । यो बर्षको अन्त्यसम्म नगरपालिका भित्रका ११ वटा वडाहरुमै प्रसारण लाईन पुगाइने भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.