माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमालेमा प्रवेश

खबरखाेज समाचारदाता   ।   २०७९ आश्विन १७, सोमबार ११:५२

काठमाण्डाै । सवैलाई छक्क पार्दै स्वतन्त्र तर्फबाट २०७४ को निर्वाचनको परिणाम हात पारेका माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गर्न लागेका छन्।

माओवादी केन्द्रभित्र आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा टिकटका लागि हानथाप सुरु भएपछि लामा एमाले प्रवेश गर्न लागेका हुन्। एमाले हुम्लाका नेताहरुसँगको लामो छलफल र परामर्शपछि लामा आज एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा पार्टी प्रवेश गर्न लागेकाे  एमाले केन्द्रीय सदस्य तथा हुम्ला जिल्लाका सह-इन्चर्ज दल फडेराले जानकारी दिए।

पाँच दलीय गठबन्धनभित्र टिकट कसले हात पार्ने भन्ने चर्काचर्की सुरु भएका बेला माओवादी हुम्लामा राम्रो जनमत भएका नेता लामाको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तत्कालीन नेकपाभित्रको विवादमा समेत एमाले अध्यक्ष ओली निकट रहेका लामा अन्तत निर्वाचनको मुखमा आफ्नो टिमसहित एमाले प्रवेश गर्न लागेका हुन्।

‘उहाँ (छक्कबहादुर लामा) जिल्ला पार्टी र केन्द्रको सम्पर्कमै हुनुहुन्थ्यो आज औपचारिक पार्टी प्रवेश गर्ने निर्णय भयो’ एमाले केन्द्रीय सदस्य तथा हुम्ला जिल्लाका सह-इन्चर्ज दल फडेराले भने, ‘लामासँगै माओवादीको ठूलो टिमले पार्टी अध्यक्षसामु एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बधाई दिने, लाइक र सेयर गर्ने कर्मचारी, शिक्षकमाथि कारबाही

२०७९ आश्विन १७, सोमबार ११:५२
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै बधाई दिने सरकारी कर्मचारी र शिक्षकहरूमाथि निगरानी बढाएको छ। कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा सोमा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरूले उम्मेदवारहरूसँग तस्बिर […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.