विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै, खेल रद्द हुँदा नौ अर्ब २९ करोड घाटा हुने

खबरखाेज समाचारदाता   ।   २०७९ कार्तिक ६, आईतवार ०९:४४

अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीच खेल हुँदैछ।

मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने मौसमविद्ले अनुमान गरेका छन्।

भारत र पाकिस्तानबीचको खेल हुने समयमा ७०–८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्‍ले पूर्वानुमान गरेका छन्।

यदि वर्षाका कारण यो खेल रद्द भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले करिब नौ अर्ब २९ करोड ६० लाख रूपैयाँ घाटा बेर्होनुपर्छ।

विश्वकपमा भारत र पाकिस्तानबीच हुने खेलको टिकट बिक्री भएको केही घन्टामै सोल्डआउट भएको थियो।

यदि वर्षाले खेल रद्द भएमा दुबै टोलीले १-१ अंक बाँढ्नेछन्। यी दुईबीच अर्को खेल हुनेछैन।

यी दुई टोलीबीच गत वर्ष युएईमा भएको टी–२० विश्वकपमा पाकिस्तानले पहिलोपटक भारतलाई दश विकेट हराएको थियो।

अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० खेलमा भारत र पाकिस्तानले एकआपसमा ११ खेल खेलेका छन् । जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेको छ । एक खेल टाई भएको छ । पाकिस्तानले भारतलाई एकदिवसीय विश्वकपमा हराउन सकेको छैन।

Leave a Reply

Your email address will not be published.

Next Post

बेवारिसे बम विष्फोटनमा परि दुइ बालीकको मृत्यु,तीन घाइते

२०७९ कार्तिक ६, आईतवार ०९:४४
कालिकोट । तिलागुफा नपा– १० रानावडामा बेवारिसे फालिएको बम शनिबार विहान खेलाउदा विष्फोट भई सोही ठाउँका तीन वर्षीया झरना थापाको घटना स्थलमै मृत्यु भएको छ भन,े पाँच वर्षीया सरस्वती रानाको उपचारकाक्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । बिष्फोटनमा परि आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.