बेवारिसे बम विष्फोटनमा परि दुइ बालीकको मृत्यु,तीन घाइते

खबरखाेज समाचारदाता   ।   २०७९ कार्तिक १२, शनिबार १८:२१

कालिकोट । तिलागुफा नपा– १० रानावडामा बेवारिसे फालिएको बम शनिबार विहान खेलाउदा विष्फोट भई सोही ठाउँका तीन वर्षीया झरना थापाको घटना स्थलमै मृत्यु भएको छ भन,े पाँच वर्षीया सरस्वती रानाको उपचारकाक्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
बिष्फोटनमा परि आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा गम्भीर घाईते भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिलाई वताउनु भएको छ । उहाँका अनुसार घाईतेहरुलाई हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पतालमा पुगाई उपचार भइरहेको छ ।
घर नजिकैको कोदोबारीमा बालवालिकाहरुले खेलिरहेको अवस्थामा विस्फोट भई दुइजनाको ज्यान जानुका साथै तिन जना गम्भीर घाइते भएका छन् ।
घाइते बालबालिकाहरुलाई कालिकोटमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयको पहलमा हेलिकप्टर मार्फत सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारि रामहरि र्शमाले बताउनु भयो ।
प्रहरीको अनुमान अनुसार पुरानो सकेट बम हुन सक्ने अनुमान गरिएको छ । अहिले प्रहरी निरिक्षक सुबराज बमको कमान्डमा २३ जना प्रहरि अनुसन्धानको लागि खटिएको प्रहरीले जनाएको छ ।
उनिहरु नजिकैको कालिका आधार भुत विद्यालयमा अध्यानगदै आएका थिए । घर परिवार सबै कार्तीकको चटारोले खेतबारिको काममा गएको बेला सबै जना जम्मा भएर घर नजिकै कोदोबारीमा खेल्ने क्रममा यस्तो भएको मितक झरना थापा पिता जयलाल थापाले बताउनु भएको छ । उनका अनुसार त्यो ठाउँ धेरै टाढा पनि छैन् नजिकै छ ।

 

Leave a Reply

Your email address will not be published.

Next Post

नागरिक तथा लोकतान्त्रिक अधिकार, सामाजिक संघसंस्थाका प्रतिनिधि र अधिकारकर्मीका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु

२०७९ कार्तिक १२, शनिबार १८:२१
नागरिक तथा लोकतान्त्रिक अधिकार सम्वन्धि सामाजिक संघ सस्ंथाका प्रतिनिधिहरु तथा अधिकार कर्मीहरुका लागि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम नेपालगन्जमा सुरु भएको छ । नागरिक तथा लोकतान्त्रिक अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मी वा अभियान्ताको योजनाबद्ध अभियान सञ्चालन गर्ने, वकालत, पैरवी गर्ने र आवश्यक सञ्जाल निर्माण गर्ने जस्ता क्षेत्रमा आवश्यक […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.