भूकम्पमा परी ६ जनाको मृत्यु, सात घाइते

खबरखाेज समाचारदाता   ।   २०७९ कार्तिक २३, बुधबार ०७:२१

खबरखाेज समाचारदाता /सुर्खेेेत । गएरातीकाे भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टरस्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टका अनुसार उक्त भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षी प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया कीतुलछी बोहरा रहेका छन् ।
घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा रहेका छन् । भुकम्प मापन केन्द्र का अनुसार गएराती २ बजेर १२ मिनेटमा ६.६ को, ९ बजेर ७ मिनेटमा ५.७ को र ९ बजेर ५६ मिनेटमा ४.१ को हो भुकम्प गएको हो । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन्

Leave a Reply

Your email address will not be published.

Next Post

तीन हजार घरकाे विमा बनाउदै रास्काेट नगरपालिका

२०७९ कार्तिक २३, बुधबार ०७:२१
कालिकाेट । रास्काेट नगरपालिकाले पालिका भित्रका तीन हजार घरधुरिकाे बिमा वनाउने भएकाे छ । विपदकाे जाेखिममा रहेका घरधुरिहरुलाई मध्यनजर गर्दै बुधबार बसेकाे कार्यपालिका बैठकले नगरपालिका क्षेत्रमा रहेका घरहरु प्रति बर्ष पहिराे प्रभावित हुने भएकाले घरहरुकाे विमा गरि क्षेतिका जाेखिम हस्तान्तरण गर्न अावश्यक कार्य सुरु गर्ने निर्णय भएकाे नगर प्रमुख धर्मराज […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.