जुम्लाका सीडीओलाई कोरोना संक्रमण

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र १९, शुक्रबार १५:४८

कालिकोट । जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोलेसनमा बसेको प्रजिअ थापाले बताएका छ ।

‘जनताको जीवन सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेर कर्तव्य पालनको सिलसिलामा अहोरात्र खटिँदा आज म पनि कोरोनाबाट संक्रमित हुन पुगेको छु,’ प्रजिअ थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले आइसोलेसनमा बसेको छु । कार्यालयसँग सम्बन्धित काममा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुहोला । छिट्टै तपाईंहरुको सेवामा फर्किनेछु ।’

प्रजिअ थापासहित ६ जनाको नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तत्काल मन्त्रिपरिषद् पुनगर्ठन हुदैन ः प्रधानमन्त्री ओली

२०७७ भाद्र १९, शुक्रबार १५:४८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए । ‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढक्कसँग आफ्नो जिम्मावारी […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.