कांग्रेसमा चरम विवाद : देउवाविरुद्ध अनशन वस्दै पौडेल

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र २०, शनिबार १०:०२

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ ।

केन्द्रीय सदस्यहरुको जुम मिटिङबाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे छलफल हुने बताए । ‘विधिको उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने, निर्णय नसच्चिए धर्ना र अनशन बस्नेसम्मको तयारी गरिएको छ,’ घिमिरेले भने ।

सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेका थिए । देउवाले हालसम्म २० वटा विभागमा करिब ९ सय नेता, कार्यकर्ताहरुलाई मनोनयन गरेका छन् । यी मनोनयन एकलौटी भएको भन्दै पौडेल पक्षले विरोध गर्दै आएको छ ।

विगतमा सुशील कोइराला पार्टी सभापति हुँदा देउवाले गलत काम भएको भन्दै धर्ना बसेको र अल्टिमेटम दिएको स्मरण गर्दै घिमिरेले भने, ‘शेरबहादुर दाइ हाम्रो पार्टी सभापति, संरक्षक, अभिभावक हुनुहुन्छ । हामी उहाँका अशल अनुयायी हौं, उहाँ पार्टी सभापति नहुँदा जुन बाटो खन्नु भएको थियो, हामीले अहिले शेरबहादुर दाइकै बाटोलाई अनुशरण गर्दैछौं ।’

पौडेल पक्षले विभाग गठन, क्रियाशील सदस्यता वितरण र भ्रातृसंस्थाको कार्यकाल थपका विषयमा असन्तुष्टि जनाएको छ । महाधिवेशनको आचारसंहिता र विधान विपरीत विभागहरु गठन गरिएको भन्दै पौडेल पक्षले तिनलाई खारेज गर्न माग गर्दै आएको छ ।

विभाग गठनप्रति पौडेल पक्ष सुरुदेखि नै असन्तुष्ट थियो । त्यसको विरोधमा पौडेल पक्षले देउवालाई विरोधपत्र समेत बुझाएको थियो । तर पनि देउवाले विभाग गठन र मनोनयनलाई निरन्तरता दिएपछि पौडेल समूहमा सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठेको छ ।

सभापति देउवाले पछिल्लो पटक एनपी सावद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना सञ्चार तथा प्रचार विभागमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनयन गरेका छन् ।

अनलाइन खवरबाट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना भाइरसबाट जोगिन जडिबुटिको प्रयोग गर्न सुझाव

२०७७ भाद्र २०, शनिबार १०:०२
चितवन/कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडिबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमताअनुसार मात्रा मिलाएर प्रयोग […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.