असहायसँग जन्मदिन मनाउँदै नेकपा महिला नेता पूर्णीमा

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन ४, आईतवार ०६:२१

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा कालीकोटकी महिला नेता यसोदा न्यौपाने पूर्णीमाले शनिबार आफ्नो जन्मदिन सूर्खेतको साझा घरमा रहेका असहायसँग मनाउनु भएको छ । नेकपा   महिला नेता  पूर्णीमा आफ्नो जन्मदिनको अवसरमा सुर्खेतको लाटीकोइलीमा संचालित  असहाय वस्ने साझाघरमा दुःख साटन उपस्थित हुनु भएको हो।

जनयूद्धमा लाग्दा दुखी गरिवको हक हितका लागी र सर्वहारा बर्गका लागी भनेर जिवनलाइ युद्धमा होमी रहेका नेताहरु अहिले सुख सहेलको जिवनयापन गरीरहेको बेला यसोदा न्यौपाने (पुर्णीमा ) ले साझा घरमा भएका बेसहारा हरुको सहारा बन्नको लागी साझाघर जानु भएको खवर हो  ।

जन्मदिनको बहानमा आफन्तहरुको जमघट गरी महंगा खानेकुराहरु जम्मा गरी अनावश्यकरुपमा भडकिलो र खर्चिलो तरीकाले मनाइने जन्मदिनको सट्टामा एक छाक भएपनी बेसहारा हरुकालागी खानेकुराको जोहो गर्नकालागी साझा घर गएको बताउने न्यौपानेले “हामीले हिजो खाएको बाचाकसम कति पुरा गर्न सक्यौ कती सकेनौ भनेर भाषण गर्नु भन्दापनि व्यवहारमा उतार्नु जरुरी छ ।” त्यसैले गरीब दुःखी जन्ताहरुको साथमा बिताएका बिगतका दिनहरुको सम्झना स्वरुप आफु यहाँ उपस्थीत भएर उहाँहरुसँग एक छाक भएपनी सँगै बसेर खाना खाएको न्यौपानेले बताउनुभयो ।

अहिले देशमा कोभिड १९ को महामारी फैलिरहेको बेलामा सबै नेता कार्यकर्ताहरु आफु र आफन्तहरुको दुनो सोझ्याउन लागीरहेको बेलामा गरीब र दिनदुःखीहरुको लागी कसैको पनि सोच्ने सम्म फुर्सद नभएको र हिजोका दिनमा यिनै दिनदःखीहरुलाइ भर्याङ्ग बनाइ सत्ता हात पारेका नेताहरुलाइ यो एउटा सन्देशका रुपमा उदाहरण मात्र दिएको बताउने न्यौपानेले आफु सधैभरी दिन दुःखी र सर्वहारा वर्गको लागी लडिरहने र हक अधिकारको वकालत गरी रहेन कुरा लाइ जोड दिदै आफ्नो जन्म दिन को लागी गरीने सम्पुर्ण खर्च कटौति गरी साझाघरमा बसेका बेसहाराहरुका लागी खाना उपलब्ध गराएको न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेले  जनयुद्धमा भएका बेलामा हजारौआमा दिदी बहीनीहरुले खाइ नखाइ हामीहरुलाइ लगाएको गुन तिर्नको लागी नत आफुसँग गतिलो माध्याम नै छ नत गतिलो साधन श्रोत छ त केवल ताजा सम्झना मात्रै । तिनै दिदी बहिनीहरुको सम्झनामा यस साझाघरमा आएर ति परिवर्तनको पर्खाइमा रहेका अनुहारहरुहेरी हिजोको झल्को मेटाउने कोशिस मात्रै गरेको र कुनै बेला मौका परेछ भने सबैको दुःख पिडामा मल्हम लगाउन लागी परेको र उहाँहरुको लागी थप संघर्ष गर्नु परेपनी पछी नहट्ने बताउनु भएको छ ।

त्रिरत्ना मिडियाबाट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जापानमा अध्ययनरत शाहीद्धारा कालिकोटका वाढिपिडितलाई राहात संकलन

२०७७ आश्विन ४, आईतवार ०६:२१
कालीकोटर जिल्ला खाडाचक्र नगरपालीका घर भई हाल जापानमा अध्ययनरत दिपक शाहीले कालीकोटका पाढीपिडितका लागी राहत संकलन गरेका छन्। आफ्नो अध्ययन सगसगै सामाजिक कार्यमा लागी रहेका शाहीको पहलमा जापानमा वसोवास गदै आएका नेपाली मार्फत राहत संकलन गर्नु भएको हो। कालिकोटका विभिन्न स्थानमा पहिरोका कारण हुन गएको मानवीय तथा आर्थिक क्षति प्रति […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.