तरुणदलका सचिव शाहीद्वारा पहिराे पीडितलाई राहत

खबरखाेज समाचारदाता   ।   २०७७ आश्विन ५, सोमबार ०४:००

कालीकोट / नेपाली काँग्रेका सर्वमान्य नेता गणेशमान सिंहको २३ औ स्मृति दिबसको अबसरमा तरुणदल कालिकाेटका सचिव दमनबहादुर शाहीले वाढि पिडितहरुलाई राहत बितरण गर्नुभएकाे छ ।

कालीकोटका नेता तथा सचिव शाहीको नेतृत्व गएको तरुणदलले तिलागुफा नगरपालीका -१ नाग्मा बजारका वाढि पहिरो पिडित र ज्यान गुमायका घर परिवारलाई २–२ कट्टा चामल बितरण गरेको हाे । नेपाली कांग्रेसका नेता गणेशमान सिंहको स्मृति दिबसको अबसरमा नेपाल तरुणदल केन्द्रले हरेक जिल्ला जिल्लामा बिभिन्न कार्यक्रमहरु संचालन गर्न गरिएको निर्देशन अनुसार तरुणदल कालिकोट नेता तथा सचिव शाहीले वाढि पीडितलाई खाद्ययन्न राहत सामाग्री बितरण गर्नुभएकाे हाे ।

समाज सेवि तथा तरुणदलका नेता शाहीको व्यक्तिगत सहयोगमा खाध्यन्न बितरण गरेकाछन । उनले यो समय भन्दा पहिले आफ्नो जन्मदिनको अबसरमा होस,या बिभिन्न सहयोगि निकाय संग समन्वय गरेर भएपनि गरिब जनता,दिन दुखि र बाढि पिडितहरुको लागि बिभिन्न सहयोग गर्दै आउनुभएकाे छ ।

समाजसेबि शाहीले भने गरिब जनताको हितका लागि नेपाल तरुणदल कालीकोट सधै सहयोगी भावनाका साथ जनताको घर घरमा पुग्ने लक्ष रहेको बताउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्रीमण्डल हेरफेर हुँदै, दुईजना नहटाइने

२०७७ आश्विन ५, सोमबार ०४:००
काठमाण्डाै/प्रधानमन्त्री  केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  सुनाउनु भएकाे छ। उच्चस्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का दुईलाई कुनै हालतमा नहटाउने उहाँकाे सोच छ । यसरी प्रधानमन्त्रीले अबको क्याबिनेटमा सामेल नगरिने भन्नुभएमध्येका एक उपाध्यक्ष वामदेव गौतम र अर्का प्रवक्ता नारायणकाजी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.