जापानमा अध्ययनरत शाहीले संकलन गरेको राहात पहिरो पीडितलाई वितरण

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन १०, शनिबार १९:४८

जापानमा अध्ययनरत शाहीले संकलन गरेको राहात पहिरो पीडितहरुलाई वितरण

कालिकोट । जिल्ला खाडाचक्र नगरपालिका घर भई हाल जापानमा अध्ययनरत दिपक शाहीले संकलन गरेर पठाएको राहत शनिबार महावैका पहिरो पीडितहरुलाई वितरण गरिएको छ ।
आफ्नो अध्ययन सगसगै सामाजिक कार्यमा लागि रहेका शाहीको पहलमा जापानमा वसोवास गदै आएका नेपाली मार्फत राहत संकलन गरिएको राहत महावै गाउँपाकिामा रहेका १७ परिवारलाई राहत वितरण गरिएको हो ।
स्थानीय मिडिया एप्पल खबरको समन्वयमा कालिकोट जिल्लाको महावै गाउँपालिका ४ नकु गाउँ र सोही गापा–७ राम्नीमा ज्यान गुमाएका परिवारलाई ५० केजिका दरले चामल,तिन केजि दाल,तेल,नुन,चिनि र सरसफाइका सामाग्री वितरण गरिएको एप्पल खबरका सञ्चालक रविन्द्र शाहीले जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार मृतक वाहेकका पीडित परिवारलाई २५ केजिका दरले चामल,तिन केजि दाल,तेल,चिनि,नुन लगाएत सरसफाईका सामाग्री वितरण गरिएको छ ।
पहिरोका कारण हुन गएको मानवीय तथा आर्थिक क्षति प्रति दुःख व्यक्त गदैं आफु जन्मेको जिल्लामा पहिरोको कारणले गर्दा धेरै परिवारहरु विस्थापित हुन परेको अबस्था र यस दुःखको घडिमा पिडितहरुलाई थोरै भएपनि सहयोग गर्न सकेको खण्डमा सहयोग पुग्छकि भन्ने उद्देश्यले राहत संकलन गरेको शाहीले वताउन भएको थियो ।

No description available.
जापानमा रहेका संघसस्थामा संलग्न भएर देशभित्र र देशबाहिर समाजसेवा गर्ने आफ्नो ठुलो रुचि रहेको उहाँले वताउनु भयो ।
समाजसेवी शाहीले जापानमा रहेका नेपालीबाट संकलन गरिएको र आफले संकलन गरेका रकम नेपाली रु ७२ हजार २ सय राहत रहेको थियो ।
राहत वितरण कार्याक्रममा महावै गाउँपालिका उपाध्यक्ष मनराज शाही, नेकपा जिल्ला नेता चित्रसिंह गाउँले, दुर्गबहादुर शाही,कृष्णकला काफ्ले,दुर्गा काफ्ले, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य कालीवहादुर मल्ल लगाएतको सहभागिता रहेको थियो ।

No description available.

One thought on “जापानमा अध्ययनरत शाहीले संकलन गरेको राहात पहिरो पीडितलाई वितरण

  1. धन्यबाद राजा हजुरको सामाजिक सेवाप्रती को सहयोगी मनलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेतो गुराँस बालविकास सेवालाई कालिकोटका स्थानीय तहको धन्यबाद

२०७७ आश्विन १०, शनिबार १९:४८
कालीबहादुर मल्ल/कालिकोट । यहाँ जिल्लाका स्थानीय तहहरुमा बालबालिकाको प्रारम्भिक बालविकासको अधिकार सुनिश्चत गर्न सहयोग पु¥याएको भन्दै जिल्लाका सातवटा स्थानीय तहहरुले सेतो गुराँस बालविकास सेवा कालिकोटलाई धन्यबाद दिएका छन् । युनिसेफ नेपाल,सेतो गुराँस राष्ट्रिय बालबिकास सेवा ललितपुरको सहयोगमा यस जिल्लाका खाँडाचक्र, तिलागुफा, रास्कोट नगरपालिका तथा शुभकालिका महावै, सान्नित्रिवेणी र पचालझरना गाउँपालिकामा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.