राजेन्द्र अर्याल

परम्परागत वा मूल धारका आमसंचार माध्यमहरुले अहिले अस्थिरता फैलाउने, अतिवादी कुरा गर्ने,सरकार विरुद्ध चर्को विरोध गर्ने र चर्को बोल्नेहरुले अहिले डिजिटल प्लेट फर्मलाई प्रभावकारी हतियार बनाउने प्रचलन बढेको छ । यसको निशानामा पारिएको छ –सरकार र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ।

डिजिटल प्लेट फर्मलाई सरकार विरुद्धको हतियार बनाउँदै जनमतको प्रदर्शन गर्ने र जनताको निणार्यक तत्वका रुपमा उभ्याउँदै खुलामञ्चका रुपमा विकास गर्न खोजिदैछ । जुन कुरा अहिले नेपाली आम संचार माध्यम, नयाँ मिडिया (सोसल मिडिया र सामाजिक संजाल) हरुबाट एकीकृत तथा विस्फोटक ढंगले प्रवाहित गरेर वर्तमान सरकार विरुद्ध जेहाद छेड्न गरिएका कतिपय घटनाक्रमबाट देख्न सकिन्छ । कोभिड–१९ को संक्रमणले तवाह तवाह पारिरहेको नेपाली समाजलाई गलत सूचना र नियोजित समाचारहरुको संक्रमणले जनताको विवेकलाई दिग्भ्रमित पार्दै कसरी क्षत विक्षत पार्न उद्धत छन्, यसका दृष्टान्त धेरै देख्न र अनुभव गर्न सकिन्छ ।

प्रायोजित नियोजित अवफाहरुको मूल प्रवाहीकरणले नेपाली पत्रकारिताको दुभाग्र्यपूर्ण चरित्र र पहिचान बनाउन खोजिदैछ । यसले नोम चोम्स्की र इडवार्ड एस हरम्यानले प्रकाशित गरेको ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट ः द पोलिटिकल इकोनोमि अफ द मास मिडिया’ ले मिडियाले उत्पादन गर्ने विषय वस्तु पनि बजारका अन्य उत्पादन जस्तै नाफाका आधारमा हुने गर्छन भन्ने निचोडलाई बल पु¥याएको देखिन्छ ।

यहाँ चर्चा गर्न खोजिएको प्रसंग हो – सरकारमाथिको नियोजित र प्रायोजित ढंगले गरिएको प्रहार । लोकतन्त्रमा विरोध वा आलोचना हुन्छ, गर्न पाइन्छ । तर नेपालको समृद्धि, राष्ट्रियता, राजनीतिक स्थिरता, परिवर्तन र विकासमा निरन्तर प्रहार गर्ने विषयलाई केवल आलोचनासँग जोडेर हेर्न सकिदैन । नत आर्थिक समृद्धि, सामाजिक रुपान्तरण, समाज सुधार, विकास सहित सामाजिक सुनिश्चित गर्दै समाजवाद निर्माणको आधार बनाउँदै त्यही लक्ष्यका साथ अघि बढिरहेको सरकारका विरुद्ध आगो ओकल्नुलाई केबल आलोचना मान्न सकिन्छ ।

के त्यसो भए वर्तमान सरकारले कुनै पनि कामै गरेको छैन, वा सबै नराम्रै नराम्रा काम गरिहेका छ त ? यो यक्ष प्रश्नमा घोत्लिन जरुरी छ । एक छिन आँखा चिम्म गरेर सोचौ त , के भित्रि हृदयले यहि भन्छ ? यदी हामीले यसरी सोच्यौ भने अनौठो परिदृश्य देखा पर्न सक्नेछ । अनौठो मोडमा हामी पुग्न सक्छौं । कतै नेपाल र नेपालीको हित र विकास नचाहने शक्तिले नेपथ्यमा बसेर नेपालको परिवर्तन र विकास हुन नदिन खेल खेलिरहेको मात्र होइन हाम्रो समाजका नैतिक मान्यताका आधारहरु गल्यार्म गुलुम्म ढाल्न कसरी उद्धत छन् भन्ने दृश्य देख्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले अघि सारेका लक्ष्य र सपनाहरु क्रमशः व्यवहारमा उतार्ने गरि अघि बढिरहँदा त्यस्ता तत्वको निदहराम भएको छ । काल्पनिक र भ्रामक संचारका लागि विषवमत हुने गरेको तथ्य सबैका सामु छ । सक्कली सामानले भन्दा नक्कली सामानले बजार पाए जस्तो भएको छ ।

एउटा सत्य कुरा के हो भने, प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नेपालको विकासका सन्दर्भमा, राष्ट्रियताका सन्दर्भमा, आर्थिक सन्दर्भमा, समाज सुधार र रुपान्तरणका सन्दर्भमा धेरै महत्वपूर्ण र ऐतिहासिक कार्यहरु गरेको छ । तर ती छाँयामा परेका छन् । कतिपय यस्ता कामहरु भएका छन् ।

जसले नेपालको विकास र समृद्धिका विषयमा दूरगामी महत्व राख्छन् । यद्यपी जनताका असिमित आकांक्षा र अपेक्षाहरु मूलुकको सिमित साधन स्रोतबीच सबै एकै पटक पूरा हुन सक्दैनन् । र सकेका पनि छैनन् । तर सरकारले सही ट्रयाक समाएको छ , देशको समृद्धिका लागि अघि बढेको छ । जसको केहि विषयहरुमा चर्चा गर्नु वाञ्छनीय देखिन्छ । सरकारले गरेका केहि ऐतिहासिक र महत्वपूर्ण कार्यहरु यसरी वुदाँगत रुपमा प्रस्तुत गर्न सकिन्छ ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित नेपाली भू–भाग समेटेर नेपालको प्रशासनिक र राजनीतिक नक्सा प्रकाशित गरेको छ ।
नेपाली चेलीहरु माथि एसिड प्रहार गर्ने अमानवीय र जघन्य कार्य गर्ने अपराधीहरु माथि कारवाहीका लागि कडा कानूनी व्यवस्था गरेको छ ।
२०७१ साल देखि बन्द रहेको जनकपुर– जयनगर सम्मको रेल संचालनको नयाँ रेल ल्याएर अन्तिम तयारी गरेको छ । यसलाई वर्दिवाससम्म पु¥याउने योजना अघि बढाएको छ ।

  • पूर्व–पश्चिम रेलमार्ग, उत्तर– दक्षिण दुई छिमेकी देश जोड्ने रेल मार्गको योजना अघि सारेको छ ।
  • अन्तर देशीय पेट्रोलियम पाइप लाइन निर्माण गरी संचालनमा आएको छ ।
  • यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गरेको छ ।
  • लामो समय देखि बन्न नसकेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयनको चरणमा पु¥याएको छ ।
  • सीमा सुरक्षार्थ शसस्त्र प्रहरी क्याम्प (वीओपी) राख्ने कार्यमा तीव्रता दिएको छ । यसै क्रममा दार्चुलाको छाङ्रुमा समेत शसस्त्र प्रहरी गणको स्थापना भएको छ ।
  • नौविसे –नागढुंगा काठमाण्डौ सुरुङ मार्ग बनाउने कार्य सँगै नेपालमा टनेल युगको सुरुवात गरेको छ ।
  • काठमाण्डौ–निजगढ फास्ट ट्रयाक सम्पन्न गर्ने कार्यलाई तीव्रता दिएको छ ।
  • लामो समयदेखिको लोड सेडिङको अन्त्य गरेको छ ।
  • गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य सम्पन्न गरी संचालनको अन्तिम चरण रहेको छ ।
  • पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल आगामी वर्ष संचालनमा ल्याउने गरि कार्य तीव्रताका साथ भईरहेको छ ।
  • भूकम्पले क्षति पु¥याएको रानीपोखरीको पुर्ननिर्माण सम्पन्न भएको छ भने धरहरा पुर्ननिर्माणको काम धमाधम भइरहेको छ ।
  • रसायनिक मल कारखाना स्थापना गर्ने कार्यको शुरुवात गरेको छ ।
  • अन्र्तराष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थितिलाई प्रभावकारी बनाउँदै लगेको छ ।
  • पुष्पलाल (मध्यपहाडी) राजमार्गको कालोपत्रे गर्ने काम पुरा हुँदैछ ।
  • मदन भण्डारी राजमार्गको कार्य तीव्रताका साथ अघि बढिरहेको छ ।
  • पूर्व–पश्चिम राजमार्ग चार लेन सहित विस्तार गर्ने कार्य भईरहेको छ ।
  • दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निजगढको कार्य अघि बढिरहेको छ ।

यी लगायत धेरै राष्ट्रिय आयोजनाको काम भईरहेको छ । तर यस्ता कार्यको नजर अन्दाज गर्दै देशमा केहि भएन, यो सरकारले सिन्को पनि भाँचेन, खत्तमै भयो, वर्वादै भयो भनेर जसरी केबल आम जनतामा निराशा छर्ने काम मात्र भईरहेको छ । कतिपय कामले गति लिन नसकेको होला तर भएका कार्यहरुको पनि यो सरकारले मार्केटिङ गर्न सकेको छैन । त्यसले गर्दा जनतालाई निराश पार्ने तत्वहरुलाई बल पुर्याइरहेको छ ।

समाजलाई नकारात्मकता तर्फ डो¥याउनेहरु केहि हदसम्म सफल भएकोमा आनन्दित महसुस गरिरहेका छन् । प्लस, माइनस अर्थात समाजका सकारात्मक र नकारात्मक दुवै सोच हुनु स्वभाविक हो तर सकारात्मक कुरा र सोच ओझेलमा पर्नु विचारणीय पक्ष र सोचनीय विषय हो । एकातिर समाजमा नकारात्मक सोंच तीव्र रुपमा विकास गर्न सक्रिय हुने तत्व सफल बन्दै जानु र अर्कातिर नेपालको परिवर्तन, स्थायित्व र विकास भएकोमा देखि नसक्ने देशी विदेशी तत्व बलियो बन्नु नेपाल र नेपालीलाई दूरगामी हिसाबले पनि कोरोना भाइरस भन्दा खतरनाक हुन भन्नेमा सबैको एकमत हुन जरुरी छ । यसले मात्र सकारात्मक र नकारात्मक कुराको लेखाजोखा गर्न सकिन्छ ।

देशलाई विकास, समृद्धि र सामाजिक न्याय र समाजवाद तर्फ अघि बढाउने थप र प्रभावकारी ढंगले सरकार अघि बढिरहेको छ । तर कतिपय संचार माध्यम र ‘बुद्धिजीवीहरु’ गोयवल्स शैलीमा सरकारका विरुद्ध भ्रम छर्दै हिडेका छन् । सरकारका राम्रा कार्यहरुलाई पुरै छायाँमा पार्दै ससाना कमि कमजोरीलाई ठूलै अपराध गरे सरह सम्प्रेषित गरेर आम जनतामा भ्रम फैलाउने काम भईरहेको छ । जनतामा कसरी सरकारको वदनाम गर्न सकिन्छ, खुइल्याउन सकिन्छ भनेर रात दिन खेती भईरहेको छ । प्रधानमन्त्री ओलीले अघि सारेका लक्ष्य र सपनाहरु क्रमशः व्यवहारमा उतार्ने गरि अघि बढिरहँदा त्यस्ता तत्वको निदहराम भएको छ । काल्पनिक र भ्रामक संचारका लागि विषवमत हुने गरेको तथ्य सबैका सामु छ । सक्कली सामानले भन्दा नक्कली सामानले बजार पाए जस्तो भएको छ । अहिले हामीले यसरी निष्पक्ष र वस्तु निष्ठ ढंगले समिक्षा नगर्नु र लेखाजोखा गर्ने तर्फ ध्यान नदिनु हाम्रो कमजोरी हुन आउँदछ । जसले गर्दा समाज विभिन्न अफवाह र भ्रमको गुम्राहमा पर्न पुग्छ । यसबाट नेपाली समाजलाई क्षत विक्षत बनाउने, केहि कमजोरी देखिए त्यसैलाई फुल बुट्टा भरेर सरकारको खेदो खन्ने क्रम उपक्रम चलिरहन्छ, जनतालाई दिग्भ्रमित पार्ने षडयन्त्रका कथाहरु रचिरहन्छन् । एउटा झुटो कुरालाई सय पटक भनेर सत्य बनाउने प्रपञ्च भइरहन्छ । यसले नेपाल र नेपालीको कहिल्यै हित गर्दैन ।

यसर्थ,समाजमा फैलाउँदै गरेको ‘नेगेटिभ सिन्ड्रोम’  लाई ओली सरकारले चिर्नै पर्छ । यसको विकल्प छैन । ‘समृद्ध नेपाल सुखी नेपाली’ मूल लक्ष्यका साथ मुचर््िछत सपनालाई व्यूझाउँदै अघि बढिरहनु भएका प्रधानमन्त्री केपी शर्माका सामु परिवर्तनका लागि नयाँ–नयाँ लक्ष्यहरु पहिल्याउनु र देखाउँदै गन्तव्यमा अघि बढ्नुको विकल्प छैन भने हामी नेपालीमा त्यस कुराको आत्मसात र मनन गर्दै उपलब्धिमा रमाउने संस्कृतिको विकास गर्न जरुरी छ ।

विकास र परिवर्तन गर्दा आइपर्ने कठिनाई र चुनौतीका विषयमा प्रधानमन्त्री स्वयम् जानकार हुनुहुन्छ नै तर गरेका कार्यहरुको आमजनतामा सन्देश प्रवाह गर्न पनि योजनाबद्ध ढंगले अघि बढ्न जरुरी छ । यस कार्यमा पार्टी पंक्ति एक ढिक्का भएर अघि बढ्नु मै सबैको भविष्य निर्भर छ । वृक्षको जरा काटेर नत छहारी नै मिल्छ नत फल नै खान पाइन्छ ।

अहिले यसका लागि प्रधानमन्त्री सामु देश विकासका लागि समाजमा हुर्कदै गएको नेगेटिभ सिन्ड्रोमको बन्ध्याकरण, पोजेटिभ थिंकिङको विकास, सरकार विरुद्ध भईरहेको जित र नियोजित अफवाहरुको मूल प्रवाहीकरणमा ब्रेक लगाउँदै अर्को डिपाचरको विन्दु वा अवसर आएको छ ।

त्यो हो – मन्त्रीमण्डलको पुर्नगठन, एउटा महत्वपूर्ण र विचारणीय विषय के हो भने, सरकारले राम्रा कार्य गरिरहेको छ ,तर त्यसको जनताबीच राम्रो सन्देश प्रवाह हुन सकिरहेको छैन, किन ? यसको समिक्षा गर्दै अघि बढ्न जरुरी देखिन्छ । यसका आयाम धेरै हुन सक्छन्,तर यसलाई सच्चाउनु आवश्यक छ । यससँगै हेर्दा, देख्दा र सुन्दा नै छनक दिने गरीको कामकाजी र सुन्दर टिम बनाएर प्रधानमन्त्रीले आफ्नो लक्ष्यमा तीव्र अभियानका साथ अब अघि बढ्न ढिलाई गर्नु हुँदैन ।

यस सँगै प्रधानमन्त्री र पार्टीले आगामी दिनमा हुने स्थानीय र संसदीय निर्वाचनलाई अर्जुन दृष्टि बनाउँदै त्यसै मुताविक आफ्नो ध्यान एकाग्र बनाउनु नै अहिलेको आवश्यकता हो । सबैको भलाई पनि यसैमा निर्भर रहन्छ ।

चक्रपथ अनलाइनबाट साभार गरिएको ।