कालिकोटमा शैक्षिक क्षेत्रको सुधार गर्न अविभावकको जोड

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन २२, बिहीबार १९:२७

कालिकोट । यस जिल्लास्थित खाडाँडाचक्र नगरपालिकाकको शैक्षिक क्षेत्रमा समस्यै समस्या रहेको यहाँ आयोजित एक कार्याक्रमका सहभागिले वताउनु भएको छ ।
इन्सेक कालिकोटको आयोजनामा असोज २२ गते आयोजित शिक्षाको अधिकारवारे शिक्षक अविभावक र विद्यार्थीविच भएको अन्तरक्रिया कार्याक्रममा सहभागीहरुले यस्तो गुनासो राखेका हुन ।
सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तरगत शिक्षा अधिकार अन्तरक्रिया कार्याक्रममा सहभागि शिक्षक,विद्यार्थी र अविभावकहरुले खाँडाचक्र नगरपालिकाभित्रका अधिकांश विद्यालयहरुमा खानेपाी,सौचालय र शिक्षक दरवन्दीको अभाव रहेको वताउनु भएको छ ।
इन्सेक जिल्ला प्रतिनिध कालीवहादुर मल्लको अध्यक्षतामा सञ्चालित कार्याक्रममा जनजिवन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मणबहादुर शाहीले कोभिड १९ का काराण क्वारेन्टाइन राखिएका विद्यालयमा भौतिक सम्पत्ती क्षति भएकाले स्थानीय सरकारको ध्यान जानु पार्ने धारणा राख्नु भयो ।
मानवअधिकार समूह खाँडाचक्रका अध्यक्ष अविसरा अधिकारीले खाँडाचक्र नगरपालिकामा रहेका जनज्योति मावि,हुपिडाडा मावि,नवज्योति आधारभूत विद्यालयमा खानेपानीको अभाव रहेको भन्दै स्थानीय सरकारको ध्यानआकर्षण गराउनु भयो । उहाले जिल्ला वाहिर पढ्न जाने अवस्था नभएपछि स्थानीय विद्यालयमा भर्ना भएका बालबालिकाहरुले पाठ्य पुस्तक नपाएकोले तत्काल व्यवस्थापन गर्न समेत माग गर्नुभयो ।
बालअधिकार चेतना समूह जनज्योति माविका अध्यक्ष रविन्द्र विकले अहिले कोरोनाका कारण विद्यालयमा धेरै विद्यार्थी भर्ना भएपनि मावि तहका शिक्षकहरु विद्यालयमा नपुगेको वताउनु भयो ।
कार्यक्रममा खाँडाचक्र नगरपालिकामा रहेका विद्यालयहरुमा खानेपानी,सौचालय,शिक्षक दरवन्दि लगाएतका समस्यका विषयमा छलफल भएको थियो ।
कार्याक्रममा नेपाल पत्रकार महासंघका सचिव खडानन्द अधिकारी,शिक्षक लालुप्रसाद भट्टराई,लगाएतले धारणा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सप्तरीमा एकजना कोरोना संक्रमितको मृत्यु

२०७७ आश्विन २२, बिहीबार १९:२७
२३ असोज, सप्तरी । सप्तरीमा थप एकजना कोरोना सन्क्रमितको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका वडानम्बर ४ निवासी ६७ वर्षीय पुरूषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ज्वरो र रूघाखोकी लागेपछि यही असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको थियो […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.