२० लाख नगदसहित ठेकेदार बेपत्ता

खबरखोज संवाददाता   ।   २०७७ श्रावण १६, शुक्रबार १७:१८

मुगु, १६ साउन । मुगुको सदरमुकाम गमगढीदेखि मुगु गाउँतर्फ जाँदै गरेका एक जना ठेकेदार बेपता भएका छन् । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका अन्दाजी ३० वर्षीया ठेकेदार टासी तामाङ २० लाख रुपैयाँसहित गत १४ गते देखि बेपत्ता हुन् ।

बैंकबाट २० लाख रकम झिकेर मुगु गाउँतिर जाँदै गरेका ठेकेदार टाँसी चार दिनदेखि बेपत्ता भएको प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

पुलु प्रहरी चौकीले खोजीकार्य जारी राखे पनि अहिलेसम्म उनीलाई फेला पार्न नसकेको उनले जनाए ।

१३ साउन राति चितै कुनामा रहेको होटेलमा टाँसी वास बसेको र सोही राति झगडा भएको भन्ने सुनिएको हुँदा झगडामा चोट लागेका एक व्यक्तिलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको उनको भनाइ छ ।

कोइकी पर्यटकीय पथमार्ग निर्माण कार्यको ठेक्का टाँसीका दाजु उर्गिन तामाङले लिएको र आयोजना स्थलमा प्रतिनिधिको रूपमा उनले कामकाज गराउँदै आएको अवस्थामा कामदारहरूको रकम भुक्तानीका लागि पुलु बैंकमा रकम झिकेर फर्किने वेला बेपत्ता भएका हुन् ।

मुगुम कार्मारोङ गाउँपालिकाको केन्द्र रहेको पुलुदेखि मुगु गाउँसम्म पुग्न करिब एक दिन लाग्ने र उक्त बाटो मुगु कर्णाली नदीको किनारैकिनार भएको हुँदा नगद लुट्ने लोभले केही घटना घटेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

ठूलो वर्षातका कारण र अर्कोतिर मुगु कर्णाली नदीको बहाव पनि अत्यधिक बढेको हुँदा खोजीकार्यका लागि मुस्किल भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा शुक्रबार एक जनामा कोरोना संक्रमण

२०७७ श्रावण १६, शुक्रबार १७:१८
वीरेन्द्रनगर, १६ साउन । कर्णालीका शुक्रबार एक जना कोरोना संक्रमित थपिदा १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका–२ का ३५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए । ‘शुक्रबार एक जनामा कोरोना […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.