२४ घण्टामा थपिए ४ हजार ३ सय ९२ कोरोना संक्रमित, ३ हजार ५ सय २२ डिस्चार्ज

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन ३०, शुक्रबार १९:०२

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चार क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने सञ्चारमन्त्री गुरुङकाे प्रतिवद्वता

२०७७ आश्विन ३०, शुक्रबार १९:०२
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आजदेखि पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकर्तामा पदभार ग्रहण गर्दै गुरुङले आफूले सञ्चार क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । समृद्ध नेपाल, सुखी नेपालीको सरकारको नारालाई व्यवहारमा ल्याउन र अहिलेको विश्वव्यापी महामारीकोरुपमा रहेको कोरोना भाइरसको महामारीको रोकथाम […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.