कर्णालीमा शुक्रबार एक जनामा कोरोना संक्रमण

१८ डिस्चार्ज

खबरखोज संवाददाता   ।   २०७७ श्रावण १६, शुक्रबार १७:२१

वीरेन्द्रनगर, १६ साउन । कर्णालीका शुक्रबार एक जना कोरोना संक्रमित थपिदा १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
शुक्रबार दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका–२ का ३५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए । ‘शुक्रबार एक जनामा कोरोना संक्रमण देखिएको छ ।’ ‘कर्णालीमा कोरोना संत्रमितको संख्या १९३८ पुगेको छ ।’
शुक्रबार सुर्खेतको लेकबेसी गाउँपालिकाको आइसोलेसनबाट १ जना, सल्यान अस्पताल सल्यानबाट १२ जना, सल्यानको वनगाड कुपिण्डे नगरपालिका आइसोलेसनबाट ३ जना, रुकुमपश्चिम अस्पताल रुकुमपश्चिमबाट २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको डा. तिवारीले जानकारी दिए । ‘कर्णालीमा निको हुनेको संख्या १७१५ पुगेको छ ।’ उनले भने,‘कोरोना सक्रिय कोरोना संक्रमित बिरामी २१७ जना रहेका छन् । उनीहरुको बिभिन्न अस्पताल तथा आइसोलेसनहरुमा उपचार भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा बाढी पहिरोमा परेर एक सातामा १९ जनाको मृत्यु, ६ वेपत्ता

२०७७ श्रावण १६, शुक्रबार १७:२१
सुर्खेत, १६ साउन । कालिकोटमा बाढी पहिरोमा परेर एक सातामा १९ जनाको मृत्यु ६ जना वेपत्ता भएका छन् । जिल्लाको बिभिन्न ठाउँमा गएको बाढी पहिरोमा परेर मृत्यु र वेपत्ता भएका हुन् । कालिकोटमा एक साताको अवधिमा जिल्ला बिभिन्न ठाउँमा बाढी तथा पहिरोमा परेर १९ जनाको मृत्यु ६ जना वेपत्ता भएको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.