कालिकोटको खाँडाचक्रमा १५ जना काँग्रेस युवा नेता नेकपामा प्रवेश

खबरखोज सम्वाददाता   ।   २०७७ कार्तिक ८, शनिबार ०९:५४

जिवन मल्ल /कालिकोट/ नेपाली काँग्रस परित्यगा गरी जिल्लाको खाँडाचक्र नगरपालिका–८ मा १५ जना युवाहरु नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
बिजया दशमी २०७७ को अवसरमा नेकपा खाँडाचक्र नगर कमिटिद्धारा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा काग्रेस पार्टी,तरुणदल,नेबिसंका जिल्ला सदस्यहरुले नेकपामा प्रवेश गरेका हुन ।

No description available.
प्रवेश गर्नेहरुमा काँग्रेसका युवा नेताहरु खगेन्द्र मल्ल,जिबन मल्ल,कल्पना मल्ल,भिमप्रसाद चौलागाँई,लंक चौलागाई,कबिन्द्र चौलागाँई लगाएत १५ जना युवा नेताहरुले नेकपामा प्रवेश गरेको खाँडाचक्र नपा ८ का वडा कमिटि अध्यक्ष हंशबहादुर मल्लले जानकारी गराउनु भएको छ ।

No description available.
नेकपा खाँडाचक्र नगर अध्यक्ष तुलाराज मल्लकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि (नेकपा) कालिकोटका अध्यक्ष धनजित शाही “आर्दश” विशेष अतिथि प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत,प्रदेश कमिटी सदस्य एवम नगर इन्चार्ज गंगा खड्का बोगटी, प्रदेश कमिटि सदस्य लोकप्रिय नेता लक्ष्मीप्रसाद चौलागाँई रहनु भएको थियो ।
कार्यक्रममा पार्टी जिल्ला कमिटि सदस्य कलबहादुर मल्ल,प्रभानन्द आचार्य,बलिराज नेपाली,अनेरास्ववियु जिल्ला अध्यक्ष मनसिंह शाही लगाएतको उपस्थिति रहेको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्गालाई शक्तिशाली बनाउने महाअष्टमी

२०७७ कार्तिक ८, शनिबार ०९:५४
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.