नेकपा अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता,तोडियो संवादहीनता

खबरखोज सम्वाददाता   ।   २०७७ कार्तिक १५, शनिबार १७:२९

खबरखोज सम्वाददाता/ काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दसैं सहिएलगत्तै अध्यक्षद्वय ओली र प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अबिश्वासको प्रस्ताव ल्याएपछि समाधानका लागि भएको सहमतिबिपरित चलेपछि दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन । शुक्रवार टेलिफोन संवाद गर्नुुभएका अध्यक्षद्वय ओली-प्रचण्डबीच आज छलफल भएसँगै डेढ साता लामो संवादहीनता तोडिएको छ ।

ओली-प्रचण्डबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने सन्दर्भमा भेट भएको थियो । त्यसयता शुक्रवार टेलिफोन बार्ता भएको हो । सोही बार्ताअनुसार आज दुई अध्यक्ष छलफलमा बस्नुभएको हो ।

जनता टाइम्स अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा ओली पक्षका दुई मन्त्री हटाइँदै, एक हप्ताभित्र प्रदेश सरकार ढल्न सक्ने

२०७७ कार्तिक १५, शनिबार १७:२९
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने गृहकार्य अघि बढाउनु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई बर्खास्त गरी बरिष्ठ नेता माधव नेपाल समूहका तीन जनालाई मन्त्री बनाउने गृहकार्य मुख्यमन्त्री शाहीले गर्नुभएको हो । मुख्यमन्त्री शाहीलाई दसैं अगावै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.