कर्णाली प्रदेशमा ओली पक्षका दुई मन्त्री हटाइँदै, एक हप्ताभित्र प्रदेश सरकार ढल्न सक्ने

खबरखोज सम्वाददाता   ।   २०७७ कार्तिक १६, आईतवार १२:२५

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने गृहकार्य अघि बढाउनु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई बर्खास्त गरी बरिष्ठ नेता माधव नेपाल समूहका तीन जनालाई मन्त्री बनाउने गृहकार्य मुख्यमन्त्री शाहीले गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीलाई दसैं अगावै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउन निर्देशन दिइसक्नु भएको छ । यसअघि प्रचण्डकै आदेशमा शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरिसक्नु भएको छ । अव ओली पक्षधर दुई मन्त्री हटाएर बैंकिङ कसुरमा परेपछि हटाइएका खड्कबहादुर खत्रीसहित तीन जनाको स्थानमा नेपाल पक्षधर सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीको योजना छ ।

मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिनुभएको छ । ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु,’रावलले फेसबुकमा लेख्नुभएको छ ।शाहीले बिना अपराध ओली पक्षका दुई मन्त्री बर्खास्त गरेका कर्णालीबाट नेकपा बिभाजनको औपचारिक बिजारोपन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन रोकियो

२०७७ कार्तिक १६, आईतवार १२:२५
सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ । आज (आइतबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.