ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न पुग्नु भएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कर्णाली प्रदेश र पछिल्ला समय भएका बैठकका विषयमा शनिवार कुराकानी भएको स्पष्ट पार्नुभयो । उहाले भेटमा प्रचण्डलाई पछिल्ला दिनमा केही मिटिङ चलिरहेकाले त्यो के का लागि र किन भन्ने प्रश्न आफुले गरेको बताउनुभयो ।

‘मैले सोधेको थिए, उहाँहरुको एक खाले मिटिङ चलिरहेकाले यी के गर्न खोजेको हो, के भईराख्या छ भनेर सोधेको थिए उहाँलाई’, शनिवारको भेटका विषयमा जानकारी दिदै उहाँले भन्नुभयो, ‘छलफल त भएको हो त्यस्तो केही होइन भनेर प्रचण्डले भन्नु भयो । कर्णाली प्रदेश र अलिकति जमघटको बारेमा कुराकानी भएको थियो । पार्टीलाई ठिक ढंगले अगाडी बढाउनुपर्छ भन्ने कुरा भएको थियो ।’

प्रचण्डले ओलीले पार्टी फुटाउन प्रस्ताव गरेको हल्ला फैलाईरहँदा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश र प्रचण्ड पक्षबीच पछिल्लो समय भईरहेको बैठकका विषयमा मात्र कुराकानी भएको स्पष्ट पार्नुभयो ।