नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

खबरखाेज समाचारदाता   ।   २०७७ कार्तिक २८, शुक्रबार ०४:०३

काठमाण्डाै/ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपिशर्मा अाेलिले सचिवालय बैठक शुक्रबार दिउसाे ४ बजे बाेलाउनु भएकाे छ । अध्यक्षद्वयकाे सहमतिपछि नेकपा सचिवालय वैठक राखिएकाे हाे ।

महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो। नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ। अध्यक्षद्धयको सहमतिमा बैठक बोलाइएको महासचिव पौडेलले जानकारी दिनुभयो ।

बालुवाटारमा बैठक बस्ने तय भएको र ‘महासचिवको सचिवालयबाट पार्टीको सचिवालय बैठक भोलि बस्ने तयारी भएको  नेकपा स्रोतले जनाएको हो ।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा ध्रुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो

प्रचण्डसहित पाँच सचिवालय सदस्यले मंगलबार ध्रुम्बाराहीमा छलफल गरी आजसम्म सचिवालय बैठकका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पर्खने बताएका थिए। प्रचण्डसहित नेता आज पनि सचिवालय सदस्यहरूसँग छलफल गर्ने बताइरहेका बेला प्रधानमन्त्रीले नै सचिवालय बैठक तय गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

२०७७ कार्तिक २८, शुक्रबार ०४:०३
खबरखोज सम्वाददाता/कालिकोट । कर्णाली राजमार्ग अन्तर्रगत कालिकोटकोट खाँडाचक्र नगरपािलका -८ सेरावाडामा बिहीबार राती १० बजे एम्वुलेन्स दुर्घटना हुदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कप्र ०२०१ च ०१९२ नम्वरको पृथ्वी रक्तदान फाउन्डेसनको एम्वुलेन्स दुर्घटना हुदा दैलेख जिल्ला चाउमुण्डा विन्दावासिनी नगरपालिका७४ तिलुखानाका ५३ बर्षीय खगेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.