नेकपाको सचिवालय बैठक सकियो, प्रचण्डको प्रस्तावको विरुद्ध ओलीको पनि प्रस्ताव

खबरखोज सम्वाददाता   ।   २०७७ मंसिर ३, बुधबार १७:०५

काठमाडौं रसत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने जानकारी गराउनुभएको छ ।

बैठक मंसिर १३ गते बस्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यसैगरी मंसिर १८ गते स्थायी कमिटी र २५ गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावको विरुद्ध आगामी बैठकमा अध्यक्ष ओलीले पनि प्रस्ताव पेश गर्नुहुने भएको छ ।

न्युज अफ नेपाल,।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय वाणिज्य वैंक कालिकोट शाखा शिल

२०७७ मंसिर ३, बुधबार १७:०५
निस्ता कार्की/कालिकोट/ राष्ट्रिय वाणिज्य वैंक कालिकोट शाखा एक हप्ताका लागि शिल गरिएको छ । कार्यालयका एकजना कर्मचारीलाई कोरोना देखिए पछी आइतवार सम्मका लागि शिल गरिएको हो । वैंकका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र कार्यालयका अन्य कर्मचारिको पिसिआर पक्षिणका लागि स्वाव पठाइएको हुनाले रिपोर्ट नआउन्जेल सम्मका लागि शिल गरिएको […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.