अन्ततः रमेश र नन्दाको बिहे यसरि भयो (भिडियोसहित)

खबरखोज सम्वाददाता   ।   २०७७ मंसिर २२, सोमबार १५:३२

काठमाण्डौ । सबैको मनमा बस्न सफल रमेश प्रसाईँको विबाह यतिबेला इटहरीमा भईरहेको छ । उनले ३ वर्षदेखि माया पिरती साँटेका आफ्नी प्रेमीका नन्दा सिंहसंग बिहे गर्दैछन् । मंसिर २२ गतेको दिनलाई शुभ मानेर यही दिनको साईतमा रमेश र नन्दाले जुनीजुनीकोलागी एकअर्काको हुने बाचा खाँदैछन् इटहरीमा । आज रमेश र नन्दाको जीवनको अत्ति नै सुनौलो दिन हो । यसका साथै उनीहरुको शुभचिन्तकहरुले यो मंसिर नकटोस् भन्ने चाहाना राखेको हुनाले रमेशका फ्यान र शुभचिन्तकहरुकालागी पनि आजको दिन खास हो । रमेश र नन्दालाई शुरुमा भेटाउनकालागी प्लेटफर्म बनाईदिएका ईन्द्रेणीका सञ्चालक कृष्ण कंडेल पनि यतिबेला रमेश र नन्दाको बिहे खान भनेर इटहरी पुगेका छन् । रमेशको बिहेको कुराले निकै खुशी भएका कृष्णले इटहरीमा जन्तीहरुसंगै दोहोरी गाएर आफ्नो खुशी व्यक्त गरेका छन् । कृष्ण कंडलले दोहोरी गाउनुका साथै उनी नाच्दै अरुलाई पनि रमाईलो गर्न उतसाहीत गरिरहेका छन् । रमेश र नन्दाको बिहेमा लोक संस्कृतिलाई झल्काउने नेपाली लोकल बाजा बजाईएको छ । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी (अध्यादेशसहित)

२०७७ मंसिर २२, सोमबार १५:३२
रमेश सुनार /काठमाडौं,/–राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति  भण्डारीले जारी गर्नुभएकाे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएकाे छ ।   राष्ट्रपति भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो । अध्यादेश जारी भएसँगै संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.