राष्ट्रपति  भण्डारीले जारी गर्नुभएकाे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएकाे छ ।

 

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।

अध्यादेश जारी भएसँगै संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

जारी गरेको अध्यादेशले सो प्रावधान संशोधन गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टिकाप्रसाद ढकालले बताउनुभयो ।

सो कार्यविधिको दफा ६ को उपदफा ३ को सो व्यवस्थालाई संशोधन गरी अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति भएमा त्यसलाई गणपुरक संख्या पुगेको मानिनेछ भन्ने नयाँ व्यवस्था गरिएको छ।    विगत १३ महिनादेखि संवैधानिक परिषदको बैठक हुन नसक्दा दर्जनौँ संवैधानिक निकायमा  ४५ पद रिक्त रहेको छन्।