प्रधानमन्त्री ओलीद्वारा तमु ल्होछारको शुभकामना

रमेश सुनार   ।   २०७७ पुष १५, बुधबार ११:१५


काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरूङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना दिनु भएको छ ।

‘तमु समुदायको पर्व तमु ल्होछारका अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री ‌ओलीले भन्नु भएको छ ।

प्रधानमन्त्री ओलीले संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ । उहाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा आफू रहेको पनि स्पष्ट पार्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटी अस्पताल भर्ना

२०७७ पुष १५, बुधबार ११:१५
खबरखोज सम्वाददाता/काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि अस्वस्थ रहेकी उहाँलाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको दाहालकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । उहाँले फेसबुकमा लेखेकी छन्(“मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी।’

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.