डिल्लीप्रसाद चौलागाईं
कालिकोट फागुन ३ । यस जिल्लाको खाँडाचक्र नगरपालिका–५ मा विगत तीन महिना देखि खानेपानीको चरम अभाव भएको छ ।
यसवडाका ५ (पाँच) गाउँ घोडेना,वीउरी,कार्कीवाडा,ढाडगाउँ,सालिम्वाडामा खानेपानीको समस्या हुनु कुनै नौलो विषय होइन । घर/घरमा खानेपानीका धारा भए पनि हिउँ परेको र पलम्बरहरुको लापरबाहीका कारण खानेपानीको समस्या आएको हो ।
स्थानीय बासिका अनुसार पहिला पानीको भुक्तानी प्रत्येक घरवाट उठाउथे पैसा दिदैननकी भन्ने डरले पानीको लाइन बिग्रको ठाउँमा बनाउन जान्थे तर आजभोली वडा कार्यालय वाट पलम्बरको तलब दिने गरेदेखी पानी बिग्रियको महिनौ पुग्दा पनी नवनाउन जाँदा समस्या भएको हो ।
हामिलाई करिव एक देखी दुई घण्टाको पैदल यात्रा गरेरे पानी बोकेर खानु नत यहाँ नगरपालिका नत कोही संघ संस्थाले नै सहयोग गरेको पाइदैन । हामिले नगरपालिकामा बसेर कर मात्र तिर्ने की खानेपानी,यातायात विद्युत,स्वास्थ्य जस्ता आधारभूत आवस्यक्ताजन्य बस्तुको उपयोग गर्न पनि पाउछौ स्थानीय बासि प्रमेमचन्द्र चौलागाईंले भने । तर वडा नं.५ का अध्यक्ष खडानन्द चौलागाईका अनुसार खानेपानीको समस्या हुनुमा खानेपानीको मुहान टाढा हुनु र हिमपातले गर्दा पलम्बरहरु त्यहाँ सम्म जान कठिनाई भएकोले त्यो समस्या तत्काल समाधान हुने बताएका छन ।
खाँडाचक्र नगरपालिका –५ मा खानेपानीको समस्या
