प्रचण्ड माधव समूह कालिकोटमा पहिरो

डिल्लीप्रसाद चौलागाई   ।   २०७७ फाल्गुन ४, मंगलवार १४:२२

डिल्लीप्रसाद चौलागाई

कालिकोट फागुन ४ । जिल्लाको रास्कोट नगरपालिकाका मेयर काशिचन्द्र बरालले प्रचण्ड माधव समूह परित्याग गरि खड्क प्रसाद वली (केपि शर्मा वली) नेकपा टिममा केपि वलीका विचार धारा र पार्टीको सिद्धान्तलाई मनन गर्दे आजको आवस्यकता वली र राष्ट्र र राष्ट्रियताका निमित्त देश र जनताका लागि निडर राष्ट्रबादी नेताको आवस्यकता रहेको भन्दै प्रचण्ड माधव पक्षलाई परित्याग गरेका हुन ।

जिल्लाका ९ वटै स्थानिय तहका जनप्रतिनिधिहरु मध्य सार्बधिक लोकप्रिय रास्कोट नगरपालिकाका प्रमूख काशिचन्द वराल केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पाटी नेकपामा लागेका छन । तत्कालिन नेकपा माओबादी केन्द्रबाट नगरप्रमूखमा बिजयी भएका बराल सहित सयौं नेता कार्यकर्ताहरु ओली नेतृत्वको नेकपामा लागेका छन्  । रास्कोटका नगरप्रमूख बराल ओली खेमामा लागेपछि गाँउ गाँउमा नेपाल दाहाल नेतृत्वको नेकपामा पहिरो जान थालेको छ ।

पाटीको आन्तरिक विबाद पछि विभाजित नेकपाका दुवै समुहमा नदेखिएका नगरप्रमूख वराल एकाएक ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्यको जिम्मबारी लिएका छन् । जिल्लाकै बौद्धिक तथा निर्बिबादित नगरप्रमूख वरालले काठमान्डौमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली, नेकपा महासचिव विष्णु पौडे्याल संगको छलफल पछी ओली समुहमा लाग्ने निर्णय गरेका हुन् । नेकपा पाटि विभाजित पछी दुवै समुहको वैठकमा उपस्थित नभएका मेयर वराल न्युटल अवस्थामा रहेका थिए ।

स्थानिय तहको निर्वाचनमा तत्कालिन माओबादीले नगरप्रमूखमा टिकट नदिदा हार बेहोर्नु पर्ने भएपछि बाध्य भएर वराललाई टिकट दिएको थियो । उनीे जिल्लाकै बलियो जनमत भएको नेताका रुपमा चिनिन्छन् । तत्कालै वली समुहमा लागेका नगरप्रमूख बरालले आफु देश बनाउनेहरुको पक्षमा लागेको बताए । उनले भने, औपचारीक रुपमा मात्र घोषण हुन वाँकी छ । अरु सवै तलदेखी माथीसम्म सहमती भइसकेको छ । आफू लगायत केही नेताहरु पनि आईसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम

२०७७ फाल्गुन ४, मंगलवार १४:२२
डिल्लीप्रसाद चौलागाईं कालिकोट फागुन ६ । आउदै गरेको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा सरसफाई कार्यक्रम भएको छ । कालिकोट जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधि,सुरक्षा कर्मी व्यापारी,बुद्धिजिवीहरुको सहभागितामा सरसफाई गरिएको छ । सो कार्यक्रम कालिकोट उद्योग वाणिज्य संघको आयोजना तथा सरकारी÷गैरसरकारी संस्थाको समन्वयमा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.