डिल्लीप्रसाद चौलागाईं
कालिकोट फागुन ६ । आउदै गरेको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा सरसफाई कार्यक्रम भएको छ । कालिकोट जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधि,सुरक्षा कर्मी व्यापारी,बुद्धिजिवीहरुको सहभागितामा सरसफाई गरिएको छ ।
सो कार्यक्रम कालिकोट उद्योग वाणिज्य संघको आयोजना तथा सरकारी÷गैरसरकारी संस्थाको समन्वयमा गरिएको हो । बजारमा सडकलाई हस्तक्षेप गरि राखिएका सरिया,ढुंगा,बालुवा,गिट्टीलाई हटाएर सडक खाली गर्न पनि अनुरोध गरेका छन ।