डिल्लीप्रसाद चौलागाईं
८ फागुन कालिकोट ।
प्रधानमन्त्री केपी शर्मा वलीले नेतृत्व गर्नुभएको संस्थापन नेपाल कम्यूनिष्ट पार्टी नेकपा कालिकोट जिल्ला कमिटी बैठक शनिवार होटल चन्द्र सुर्यमा सम्पन्न भएको छ । नेकपा कालिकोटका पार्टी सचिव तुलराज मल्लको अयक्ष्यतामा तथा केन्द्रय किमिटी सदस्यहरु सहित बसेको बैठकले आगामि फागुन १४ गते सुर्खेतमा हुन लागेको कर्णाली प्रदेश स्तरीय जनसभाको तयारी लगाएतका विषयमा छलफल भएको जिल्ला पार्टी सचिव मल्लले जानकारी दिनु भयो ।
पार्टीका केन्द्रिय महाधिबेसन आयोजक कमिटी सदस्य धिर बहादुर बम,राजेन्द्र थापा,वीरेन्द्र बोगटी,पुत्रबहादुर मल्ल लगाएतका नेताहरुको उपस्थितिमा संचालित बैठकमा प्रत्येक पालिकावाट अध्यक्ष तथा सचिवहरुले आफ्नो धारणा राखेका छन ।।